गठबन्धन, एमाले र राप्रपाले उम्मेदवारी दिँदा गण्डकीमा आठ उम्मेदवार « Khabarhub

गठबन्धन, एमाले र राप्रपाले उम्मेदवारी दिँदा गण्डकीमा आठ उम्मेदवार


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

कास्की – राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशमा चार दलबाट आठ जनाको उम्मेदवारी परेको छ ।

गण्डकीमा एमालेले रिक्त तीन वटै पदमा उम्मेदवारी दिएको छ भने सत्ता गठबन्धनबाट नेपाली काङ्ग्रेसले दुई स्थान र नेकपा (माओवादी केन्द्र) ले एक स्थानमा उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाले दुई सिटमा उम्मेदवारी दर्ता गराएको छ ।

सत्ता गठबन्धनको भागबन्डामा अन्य र अपाङ्ग कोटा पाएको नेपाली काङ्ग्रेसबाट क्रमशः किरणबाबु श्रेष्ठ र अपाङ्गता एवम् अल्पसङ्ख्यकबाट पदमबहादुर परियारले मनोनयन दर्ता गराएका हुन । यस्तै, सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले प्रदेशमा महिला क्लस्टरबाट पर्वतकी मनरुपा शर्मालाई उम्मेदवार बनाएको छ ।

नेकपा (एमाले) बाट अन्य क्लस्टरबाट चक्रबहादुर पराजुली, महिलाबाट सम्झना देवकोटा र अपाङ्ग, अल्पसङ्ख्यक क्लस्टरबाट हेमन्द्र शेरचनले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशको चौथो दल राप्रपाले अन्य र महिला क्लस्टरमा मात्र उम्मेदवारी दिएको छ । राप्रपाबाट रोमबहादुर भण्डारी र गौमाया श्रेष्ठ उम्मेदवार बनेका छन ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ५ : १५ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका