आरती साहको पक्षमा प्रदर्शन गर्ने अभियन्ता पक्राउ | Khabarhub Khabarhub

आरती साहको पक्षमा प्रदर्शन गर्ने अभियन्ता पक्राउ


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आरती साहको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका पीडितका आफन्त र अभियन्तालाई सोमबार प्रहरीले राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडिबाट पक्राउ गरेको छ । 

आयोगको विज्ञप्ति जलाउने र सडकमा सुतेर प्रदर्शन गर्ने क्रममा आरती साहका भाइ प्रेम साह र सामाजिक अभियन्ता रविना श्रेष्ठ तथा जस्मिन ओझालाई ललितपुर प्रहरीले पक्राउ गरेको हो । 

करिब ३ घण्टा प्रहरीको नियन्त्रणमा रहेका उनीहरु बेलुका ५ बजे रिहा भएका छन् ।

 

आरती साह संघर्ष समितिका नाममा पीडित परिवारका सदस्यलाई समेत लिएर अभियन्ताहरु ज्ञापनपत्र बुझाउन सोमबार दिउँसो हरिहर भवनस्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयमा पुगेका थिए । उनीहरुले आयोगलाई ज्ञापनपत्र बुझाउन गएका थिए ।

मानवअधिकार आयोगले ज्ञापनपत्र बुझ्न नमानेको भन्दै अभियन्ताले मानवअधिकार आयोगको कार्यालय अगाडि आयोगको सिफारिसमा आगो लगाएका थिए । घटना लगत्तै प्रहरीले उनीहरुलाई पक्राउ गरी तीनघण्टापछि रिहा गरेको थियो ।

‘आयोगले हाम्रो ज्ञापनपत्र लिन मानेन’ अभियन्ता जस्मिन ओझाले भनिन्, ‘त्यसपछि हामीले सडकमा प्रदर्शन गर्‍यौं। आयोगले हिजो सरकारलाई गरेको सिफारिस जलायौं ।’

अभियन्ताहरुले मानवअधिकार आयोगमा बुझाउन नपाएको ज्ञापनपत्रमा आरती साहको हत्यापछि जाहेरी लिन नमान्ने प्रहरी र पोष्टमार्टममा गलत रिपोर्ट दिने डाक्टरहरुमाथि समेत अनुसन्धान गरी कारवाहीको सिफरिस गर्न माग गरिएको छ ।

हेर्नुहोस् ज्ञापनपत्र

मानवअधिकार आयोगले आइतबार आरती साहको हत्या प्रकरण सम्बन्धमा ६ पृष्ठ लामो प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो । सोही प्रतिवेदनमाथि चित्त नबुझेर आफूहरु आयोगमा ज्ञापनपत्र दिन गएको ओझाले खबरहबलाई बताइन् । उनले भनिन्,‘आयोगले सरकारलाई सिफारिस कार्यान्वयनका लागि पत्र पठाएको छ, जसमा आरतीको शवबारे गलत रिपोर्ट दिने चिकित्सकलाई कारवाही गर्न भनिएको छैन, जुन आपत्तिजनक छ ।’

यस प्रकरणमा मानवअधिकार आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा दबावमुलक आन्दोलनपछि मात्र आरती साहको हत्यासम्बन्धी जाहेरी दर्ता भएको उल्लेख गरेको छ । साथै आरतीको पोष्टमार्टममा त्रुटि भएको पनि आयोगले औंल्याएको छ । आरोपीलाई वयान लिने क्रममा पनि धनुषा जिल्ला प्रहरी कार्यालयले कमजोरी गरेको आयोगले ठहर गरेको छ । त्यसक्रममा पीडितहरुमाथि भएको कुटपिटको घटनाले निष्पक्ष अनुसन्धानमाथि प्रश्न उठाउन थप आधार निर्माण भएको आयोगको निष्कर्ष छ ।

धनुषा निवासी आरती साहको हत्यामा श्रीमानतर्फका परिवारको संलग्नता रहेको माइती पक्षको आरोप छ । तर, प्रहरीले जाहेरी लिन नमानेपछि उनीहरु काठमाडौंको माइतीघरमा अनसन बनेका थिए । चौतर्फी दबावपछि मात्र प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो, जुन तथ्य आयोगले पनि आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

आरतीको हत्या सम्बन्धी मुद्दा हाल जिल्ला अदालतमा विचाराधीन रहेको हुँदा सो सम्बन्धमा केही गरिरहनु नपर्ने आयोगले भनेको छ ।

तीन प्रहरी र तीन चिकित्सकले लापरवाही गरेको ठहर

राष्ट्रिय मानव अधिकार आयोगले आराती साह प्रकरणको अनुसन्धानमा धनुषाका एसपी विश्वराज खड्का, डीएसपी वेदप्रसाद गौतम, इन्स्पेक्टर दिनेश अधिकारीलाई लापरवाही जन्य कार्यमा जिम्मेवार ठहर्‍याएको छ ।

त्यसैगरी पोष्टमार्टम कार्यमा संलग्न चिकित्सकहरु डा. अवधेशकान्त झा, डा. दिग्विजय ठाकुर र डा. दीपेन्द्रकुमार सिंहले समेत लापरवाहीजन्य कार्य गरेको आयोगको ठहर छ ।

आयोगले तीनजना प्रहरी अधिकारीलाई विभागीय कारवाही गर्न सरकारलाई सिफारिस गरेको छ । चिकित्सकको हकमा मेडिकल काउन्सिलले सेचत गराउँदै अन्तिम चेतावनी दिइसकेको हुनाले आगामी दिनमा लापरवाहीजन्य कार्य नगर्न र सही दस्तावेजीकरण गर्न गराउन निर्देशन दिन आयोगले भनेको छ ।

सामाजिक अभियन्ता जस्मिन ओझा भन्छिन्, ‘यस्तो गम्भीर घटनामा लापरवाही गरेको ठहर भइसकेपछि उनीहरुलाई विभागीय कारवाही वा चेतावनी मात्र दिएर पुग्दैन, उनीहरुलाई कानूनी कारवाहीको दायरामा ल्याइनुपर्छ,  यही भन्न हामी आयोग गएका थियौं ।’

हेर्नुहोस् आयोगले सरकारलाई गरेको सिफारिस

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ७ : ३८ बजे

सुडानका युद्धरत पक्षहरू भोकमरीलाई हतियारका रूपमा प्रयोग गर्दैछन् : संयुक्त राष्ट्रसङ्घ

जेनेभा – सुडानको क्रूर गृहयुद्धमा दुवै पक्षले भोकमरीलाई युद्धको हतियारका

महाधिवेशनको दस्तावेज टुङ्गो लगाउन सचिवालय बैठक आह्वान

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशनमा छलफल गरिने दस्तावेजमा

रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी

दिपेन्द्र र जयन्ती सर्वोत्कृष्ट खेलाडी घोषित

कैलाली – ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड–२०८०’ मा नेपाल क्रिकेट टोलीका

महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा

महोत्तरी – महोत्तरी जिल्लालाई आज पूर्ण खोपयुक्त घोषणा गरिएको छ