थालेसिमियाका बिरामीलाई ‘डेकेयर’ सेवा | Khabarhub Khabarhub

थालेसिमियाका बिरामीलाई ‘डेकेयर’ सेवा


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

चितवन – भरतपुर अस्पतालमा थालेसिमियाका बिरामीलाई लक्षित गरी ‘डेकेयर’ सेवा सुरु गरिएको छ । थालेसिमियाका बिरामीलाई समय समयमा रगत चढाउनुपर्ने भएपछि डेकेयर सेवा सुरु गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीका अनुसार हाललाई तीन शय्याको छुट्टै डेकेयर सुरु गरिएको छ । भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई वार्डमै भर्ना गरिने उहाँले जानकारी दिए ।

अस्पतालका बाल रोग विशेषज्ञ डा नारायणबहादुर थापाले डेकेयरमा रगत चढाइ सकेपछि कतिपयलाई शरीरमा आइरन बढेर पुनःआइरन घटाउन औषधि दिनुपर्ने बताए। आइरन घटाउने औषधि काठमाडौँको कान्ति बाल अस्पतालमा मात्रै निःशुल्क रुपमा पाइने उनको भनाइ छ । उनले भने , “आइरन घटाउने औषधि निःशुल्क पाइने भएकाले कतिपय बिरामी काठमाडौँ न जाने गरेका छन् ।”

थालेसिमिया आणुवंशिक अर्थात् वंशाणुगत रुपमा एउटा पिँढीबाट अर्को पिँढीमा सर्ने रोग भएको बताउँदै डा थापाले भने, “आमा वा बुबा वा दुवैमा थालेसिमिया भएमा बच्चालाई हुने सम्भावना धेरै हुन्छ ।”

यो रोगका कारण शरीरमा हेमोग्लोविन (रातो रक्त कोषिका) निर्माण हुन समस्या हुने डा थापाले बताए । उनले भने, “निर्माण भएको कोशिका पनि लामो समय रहँदैन । जसले गर्दा बिरामीलाई बारम्बार रगत चढाउनुपर्ने अवस्था आउँछ ।”

थालेसिमिया खासगरी बालबालिकालाई लाग्ने गर्छ । यो रोग लागेपछि बारम्बार रगत नचढाए बालबालिकाको ज्यानै जान सक्छ । जन्मेको दुईदेखि तीन महिनामा यो रोग देखापर्ने उहाँले बताए। डा थापाले भने, “बच्चा फुस्रो हुँदै गयो, जण्डिस जस्तो देखियो भने शङ्का गरेर परीक्षण गर्नुपर्छ । परीक्षणका क्रममा रगतमा हेमोग्लोबिन कम हुन्छ ।”

दराई, थारुलगायतका जनजातिमा बढी सङ्ख्यामा यो रोग हुने गरेको देखिएको छ । चितवन र यस वरपरको अवस्था हेर्दा ७० प्रतिशत जनजाति र ३० प्रतिशत क्षेत्री बाहुनमा पनि यो रोग देखिएको उहाँले जानकारी दिए । चितवन र नवलपरासीका गरी एक सय जना थालेसिमियाका बिरामी भरतपुर अस्पतालमा दर्ता भएको डा थापाले बताए ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ९ : १८ बजे

कोपा अमेरिकामा मेक्सिकोसँग जमैका पराजित

काठमाडौं– कोपा अमेरिका फुटबलमा समूह ‘बी’ को मेक्सिकोले पहिलो जित

माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ । बैठक

विश्वकपमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हरायो

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ को

संसद सचिवालयका कर्मचारीको आन्दोलनबारे बालुवाटारमा छलफल

काठमाडौं– सङ्घीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल

राष्ट्रियसभा बैठक बस्दै (सूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक