टर्की भूकम्प : न्यायको लडाइँमा भूकम्प पीडितका परिवार | Khabarhub Khabarhub

टर्की भूकम्प : न्यायको लडाइँमा भूकम्प पीडितका परिवार


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

६ फेब्रुअरी २०२३ का दिन टर्कीको दक्षिणी क्षेत्रमा गएको भूकम्पका कारण ५५ हजार भन्दा बढीको ज्यान गएको छ। अहिले धेरै पछि टर्कीवासीले यो कुरा बाध्य भएर मनन गरेकी, समयमै मापदण्ड अनुसार भवन निर्माण गरेको भए यत्ति धेरै जनाको ज्यान जाने नै थिएन। एक आमाले आफूले सबै भन्दा बढी माया गरेको सन्तानको ज्यान गुमाउनको पीडा भोगी रहेकी छिन्।

यो पीडाको बिचमा पनि उनलाई कतै आफूले पूर्ण रूपले मापदण्ड पुरा गरेर भवन निर्माण गरेको भए यस्तो समस्या त आउँदैन थियो भनेर आफ्नै गल्तीले बारम्बार झस्काइ रहेको छ। सोही गल्तीपछि न्यायको खोजी गरेकी उनी अहिले धेरै जनालाई कठघरामा उभ्याउने अभियन्ता बनेकी छिन्।

भुइँचालोले विकराल अवस्था निम्त्याउनु अघि नोर्गुल गोक्सु एक सामान्य गृहिणी थिइन्। उनलाई इक्ली कोफ्टे बनाउन धेरै मन पर्ने गरेको थियो। त्यो एउटा टर्कीस स्टाइलको मिट बल हो। इस्तानबुलमा बाहिरी भागमा उनको बसोबास थियो। उनको ३१ वर्षीय छोरा अहमद कान जाबुनले आफू भन्दा धेरै कान्छीसँग विवाह गरेका थिए। अहमद एउटै छोरा मात्र थिएनन्। तर आमासँग उनको विशेष खालको सम्बन्ध थियो। जेठो छोरा भएका कारण जिम्मेवारी थियो।

भवन निर्माणमाा मापदण्ड नपुगेकै कारण एक आमाले आफूले सबै भन्दा बढी माया गरेको सन्तान गुमाउनुको पीडा भोगी भोगिरहेको बताएकी छन् ।

उनलाई छोराको विश्व विद्यालयसम्मको यात्राले गर्वको अनुभूत गराएको थियो। छोरा र बुहारी दुवै जना कानुन व्यवसायी हुनु उनका लागि धेरै खुसीको कुरा हो। कहिले विश्वविद्यालयको पाइला नटेकेकी नुर्गील आफैले भने विद्यालयपछि आफ्नै मेहनतले पढेकी हुन्।

कहरनमासमा भूकम्प जाँदा उनका सहित सात हजार घरहरू भत्किए। नुर्गीलले त्यसपछि सहरमा आफ्ना सन्तानको खोजीमा लामो समय बिताएकी थिइन्। उनले छोरा, बुहारी र सानो बच्चा खोजेर हिँड्दा विक्षिप्त नै भएकी थिइन्। कहरानमासमा धेरै नै असर परी रहेको समयमा अहमद बसेको स्थानमा हेर्दा त्यत्ति धेरै असर गरेको जस्तो देखिँदैन थियो। उनका धेरै छिमेकी भत्किएको समयमा संयोग भनौँ या दुर्भाग्य भनौँ १० नम्बर क्लब पनि भत्किएका थोरै घर मध्यको एउटा थियो।

अहिले टर्कीमा एउटा प्रश्न उठ्न थालेको छ। एकै स्थानमा बनेको र सँगै जोडिएको मात्र होइन समान उचाइ भएको कुनै घर भत्किने या कुनै नभत्किने कारणको खोजी भइरहेको छ। छोरा बसेको एज्गे भवनबाट उद्धारकर्ताको प्रतिक्रिया नआएसम्म उनले पर्खिरहेकी थिइन्। भूकम्पको आठ दिनपछि अहमद क्यान, उनकी श्रीमती नेस्बी तथा छोराको शव त्यहीँबाट निस्किएको थियो। ६ महिना मात्र जीवन बाच्न पाएको असुडको मृत्यु झनै पीडादायी थियो।

नुरुगुलले त्यहाँ आफ्ना तीन सन्तान गुमाएकी थिइन्। उनीहरू बसेको एज्गे भवन भत्किँदा ३५ जनाको ज्यान गएको थियो भने दुई जना मात्र बचेका थिए।

नुरुगुलले त्यहाँ आफ्ना तीन सन्तान गुमाएकी थिइन्। उनीहरू बसेको एज्गे भवन भत्किँदा ३५ जनाको ज्यान गएको थियो भने दुई जना मात्र बचेका थिए। नुरुगुल चुप लागेर बसिनन्। उनले तत्कालै आफ्नो छोरा बसेको घर भत्किनु तथा अन्यको नभत्किनुको कारण खोजी गर्न थालिन्। उनले त्यो दुर्घटनापछि सिभिल इन्जिनियर र स्थानीय विशेषज्ञसँग यसको विषयमा कुरा गर्न थालिन्।

उनले अनलाइनमा भूकम्पको अघि र भूकम्पको पछिको तस्बिरको खोजी गर्न थालिन्। भवनको पुरा गर्नुपर्ने मापदण्ड र प्रक्रियाको बारे तीनले चासो लिन थालिन्। गत वर्षको जुनमा उनले भूकम्प जानु अघि सन् २०२० को एक भिडियो फेला पारेकी थिइन्। त्यसपछि नै उनले सामाजिक सञ्जाल मार्फत एज्गे भवनको दुर्घटनाका कारण बारे चासो दिएकी थिइन्।

भवनका नियमका बारे परिवर्तित नियमका बारे जानकारी लिन लामो समय उनले चासो दिइरहेकी थिइन्। उनले सञ्चार माध्यमको सहयोगमा धेरै ग्राफिक्ससमेत फेला पारेकी थिइन्। उनको मनले के ठहर गरिसकेको थियो भने उनको परिवारसँगको बिछोडको कारण भवन निर्माताको बेवास्ता नै हो। उनी यसका लागि प्रमाण जुटाउन तल्लीन थिइन्।

उनले निर्माताले हिंसा नै गरेको ठहर गरिसके पनि उनी प्रशस्त कानुनी प्रमाणको अभावमा मुद्दा चलाउन असमर्थ रहेकी थिइन्। उनले एज्गे भवनको इन्सटाग्राम एकाउन्टमा गएर त्यहाँ ज्यान गुमाउने अन्यको परिवारको पीडा पनि बुझ्ने प्रयास गरेकी थिइन्।

भवनका नियमका बारे परिवर्तित नियमका बारे जानकारी लिन लामो समय उनले चासो दिइरहेकी थिइन्। उनले सञ्चार माध्यमको सहयोगमा धेरै ग्राफिक्ससमेत फेला पारेकी थिइन्। उनको मनले के ठहर गरिसकेको थियो भने उनको परिवारसँगको बिछोडको कारण भवन निर्माताको बेवास्ता नै हो।

अभियोजकबाट भवन बनाउँदा सुरुमा तयार गरेको धेरै कुराको बारे उनी जानकारी लिने सोचमा रहेकी थिइन्। उनले भवन निर्माणसँग सरोकार राख्ने सबैलाई जम्मा गरेर प्रमाण खोज्ने अभियानको सुरुवात गरिन्। यो अभियानले सार्थकता पाउने क्रममा एज्गेको भवनको फाइल खोल्न तयार भएपछि नोर्गुलले जम्मा गरेका धेरै प्रमाण सहयोगी भए।

सन् २०२३ को जुलाई मा एज्गे भवनमा भएको अनियमितता र मापदण्ड मिचेर धेरै काम भएको प्रमाणित भएको थियो। सोही प्रमाणको आधारमा अन्य कारबाहीको प्रक्रिया अघि बढेको हो।

यसपछि गरिएको छानबिनले कुनै पनि घर मापदण्ड अनुसार नभएको प्रमाणित गरेको थियो। इस्तानबुल प्राविधिक विश्वविद्यालयका सिभिल इन्जिनियर डा. बेजा तस्किनका अनुसार एज्गे भवन र सोसँग जोडिएका अन्य भवनमा धेरै प्राविधिक विषय उठान गर्न सकिने बताएका छन्। यसका बारे धेरै नै बहस गर्न सकिने स्थान छ। सरकारी ल्याबमा गरिएको थप छानबिनले कुनै सामानको सही उपयोग नभएको प्रमाणित भएको छ।

त्यहाँ तल्लो तहमा एउटा क्याफे पनि छ। सुरुवातमै त्यो क्याफे तयार गर्दा भएको गल्ती पनि एज्गे भवन भत्किनुको एउटा प्रमुख कारण बनेको थियो। त्यहाँ क्याफे बनाउँदा धेरै प्राविधिक गल्ती भएका रहेछन्, जुन अक्षम्य थिए।

सन् २०२१ मा पुन:निर्माण सही भएको दाबी सहित एज्गेको भवन निर्माताले स्थानीय अधिकारीसँग यसको कारोबार गर्ने अनुमति मागेका थिए। अधिकारीले पनि मापदण्ड अनुसार केही पनि तलमाथि नभएको ठहर गरेका थिए।

नुरुगुल अहिले स्थानीय अधिकारीसँग आक्रोशित छिन्। यत्ति धेरै गल्ती हुनुका बाबजुद यसलाई बेवास्ता गरिनुको कारण उनलाई अचम्म नै लागेको छ। त्यस क्याफेको निर्माणमा संलग्न इन्जिनियर र अन्य प्राविधिकलाई सन् २०२३ को सेप्टेम्बरमा गिरफ्तार गरिएको छ। उनीहरूको अहिले सुनुवाइ भइरहेको छ।

नुरुगुल अहिले स्थानीय अधिकारीसँग आक्रोशित छिन्। यत्ति धेरै गल्ती हुनुका बाबजुद यसलाई बेवास्ता गरिनुको कारण उनलाई अचम्म नै लागेको छ। त्यस क्याफेको निर्माणमा संलग्न इन्जिनियर र अन्य प्राविधिकलाई सन् २०२३ को सेप्टेम्बरमा गिरफ्तार गरिएको छ।

सेप्टेम्बरमा गिरफ्तार भएका क्याफे साहूहरूले सामाजिक सञ्जाल मार्फत आफूहरू माथि आरोप लगाइएको र दुर्घटनामा कुनै सरोकार नभएको दाबी गरेका छन्। स्थानीय अधिकारीको सुनुवाइ बाँकी नै छ। टर्की सरकारले यस बारेमा पूर्ण प्रतिक्रिया अझै बाहिर ल्याएको छैन।

एज्गे भवनको यो प्रकरणमा टर्कीमा धेरै जना मानिसमाथि मुद्दा लगाउन सकिन्छ। जुलाई महिनामा टर्की सरकारले तीन सय जना भन्दा बढीलाई कारबाही हुनसक्ने जनाइएको छ। अहिले नुरुगुल भने सबै पीडितको पक्षमा वकालत गरिरहेकी छिन्।

यो समस्या टर्कीको होइन, संसारको नै हो। सबै भन्दा अचम्म त यो समस्या सोही स्थानमा धेरै छ, जहाँ भूकम्पको जोखिम पनि बढी छ। गएको १५ वर्षमा यसै अनियमित ढङ्गको भवन निर्माणका कारण संसारका धेरै जनाले ज्यान गुमाएका छन्। योक्रम निम्न तथा मध्यम आय भएको देशमा अझ बढी छ। स्रोतः बीबीसी, फ्रान्टीयर

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ८ : २४ बजे

युरोकप : अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो स्लोभेनिया

एजेन्सी – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गत समूह ‘सी’को

सगरमाथा आरोहणलाई व्यवस्थित बनाउन माग

काठमाडौं – सगरमाथा आरोही सङ्घले सगरमाथा आधार शिविरभन्दा माथि हुने

आइतबारसम्म देशभर मनसुन फैलिने

काठमाडौं । आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल

प्रचण्ड, ओली र रविबीच भेटवार्ता, राजदूत नियुक्तिको विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा

अफगानिस्तानलाई भारतले दियो एक सय ८२ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ अन्तर्गतको खेलमा भारतले