सर्लाहीमा लागूऔषधको कारोबारी बढे | Khabarhub Khabarhub

सर्लाहीमा लागूऔषधको कारोबारी बढे


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

सर्लाही– भारतीय बजारसँग सिमा जोडिएको सर्लाहीमा लागूऔषधको कारोबारी बढेको छ । खुला सीमानाका कारण सर्लाही लागूऔषधको ट्रान्जिट बनेको छ । लागूऔषध नियन्त्रणका लागि सर्लाही प्रहरीको मात्र भर छ । लागूऔषध नियन्त्रणमा स्थानीय सरकारले सक्रियता देखाएको छैन । लागूऔषधको कारोबारमा पहाडी जिल्लाबाट समेत सर्लाहीलाई ट्रान्जिट प्वाइन्ट बनाएका छन् ।

लागूऔषधको कारोबारीहरू खुला सीमाको फाइदा उठाउँदै भारतबाट लागूऔषध खरिद गरी पहाडी क्षेत्रमा लगेर बेच्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । कतिपय पहाडी जिल्लाबाट आएकाहरू सिधै सीमा पारी लागूऔषध खरिद गर्न पुग्छन् । कतिपय कारोबारीले लागूऔषधमा संलग्न स्थानीयमार्फत कारोबार गरिरहेको पाइएको प्रहरीले जनाएको छ ।

छिमेकी जिल्ला सिन्धुली र मकवानपुरमा उत्पादन भएको गाँजा जिल्लाको बागमती, लखन्देही र बाँके नदीको बाटो प्रयोग गरेर लुकाइछिपाइ तस्करहरुले भारतीय बजारमा पुर्‍याउने गरेका छन् । सर्लाहीसँग सीमा जोडिएको सिन्धुलीको मरिण र हरिहरपुरगढी क्षेत्रबाट व्यापक मात्रामा गाँजा ल्याउने गरिएको प्रहरीले बताएको छ । खोलाको बाटो हुँदै लुकाइछिपाइ लगिएको गाँजा भारतीय सीमामा लगेर महङ्गो मूल्यमा बेच्ने गरेको पक्राउ परेकाहरूले प्रहरीसमक्ष बयान दिएका सर्लाही प्रहरीले जनाएको छ । 

लागूऔषधको कारोबारी तस्करलाई गोप्य सूचनाका आधारमा सर्लाहीको जिल्लाको उत्तरी क्षेत्रमा रहेको बयलबास ,लालबन्दी, हरिवन र बागमतीमा प्रहरी युनिटलाई सक्रिय पारेर पक्राउ गरि अनुसन्धान गरि कारवाही गरिएको सर्लाहीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी दिपेन्द्र थारूले जानकारी दिए ।

सर्लाही प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्षमा ०७८-०७९ मा लागूऔषध मुद्दा दर्ता संख्या १२५ रहेको छ भने १८६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जसमा लागू औषध सिरफ तीन हजार तीन सय ३५ बोतल, लागूऔषध एम्पुल दुई हजार चार सय ७७ एम्पुल , लागू औषध गाँजा आठ सय ८९ किलो , लागू औषध चरेश ११ किलो १०० ग्राम र ३४ थान मोटरसाइकल पक्राउ गरेको छ ।

प्रहरीका अनुसार १७१ पुरुष, २ महिला र १३ जना भारतीय पुरुष रहेका छन् । भने आर्थिक वर्षमा ०७९-०८० मा लागूऔषध मुद्दा दर्ता संख्या १२६ रहेको छ भने १६० जनालाई प्रहरीले पक्राउ गरेको छ । जसमा लागू औषध सिरफ एक हजार सात सय ९० बोतल ,हिरोइन तिन कीलो ४८ ग्राम,  लागू औषध एम्पुल दुई हजार सात सय २८ एम्पुल , लागू औषध गाँजा चार सय ९९  किलो र पाच सय ४६ ग्राम, लागूऔषध ट्याबलेट सात हजार दुई सय २१ ट्याबलेट, लागुऔषध क्यापसुल ९६ क्यापसुल र २६ थान मोटरसाइकल पक्राउ गरेको छ ।

 प्रहरीका अनुसार १५० पुरुष, ४ महिला र ६ जना भारतीय पुरुष रहेका छन् । सर्लाही प्रहरीको तथ्यांकमा चालु आर्थिक वर्षमा ०८०-०८१ मा लागूऔषध मुद्दा दर्ता संख्या ९० रहेको छ भने १४१ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जसमा लागू औषध सिरफ एक हजार सात सय ५६ बोतल ,हिरोइन कीलो ०.४८ मी ग्राम,  लागूऔषध एम्पुल एक सय ४९ एम्पुल, लागूऔषध गाँजा तिन सय ३१ किलो र आठ सय २ ग्राम , लागूऔषध ट्याबलेट सात हजार तिन सय ८१ ट्याबलेट र कार १ थान , ट्राक्टर १ थान,  २८ थान मोटरसाइकल पक्राउ गरेको छ ।  प्रहरीका अनुसार १२४ पुरुष, ५ महिला र १२ जना भारतीय पुरुष रहेका छन् ।

सर्लाही जिल्लाको ५१ किलोमिटर खुला सिमानाका रहेको छ । नेपाली नागरिकको खेत भारततिर र भारतीय नागरिकको खेत नेपालतिर रहेका कारण पनि गैरकानूनी क्रियाकलाप नियन्त्रणमा केही समस्या देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रविण धितालले बताए ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  १२ : ४१ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले