विलियम्सनद्वारा आफ्नो अभियान अन्त्य गरेको घोषणा « Khabarhub

विलियम्सनद्वारा आफ्नो अभियान अन्त्य गरेको घोषणा


२५ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी लेखिका मारिअन विलियम्सनले आफ्नो सन् २०२४ को राष्ट्रपतीय निर्वाचन अभियान अन्त्य गरेका छन् । 

डेमोक्र्याट सांसद विलियम्सनले युट्युब भिडियोमार्फत आफ्नो पछिल्लो धारणा व्यक्त गर्दै भने, ‘राष्ट्रपतिका लागि मेरो अभियान स्थगित गर्ने समय आएको छ ।’

विलियम्सनको बहिर्गमनसँगै अमेरिकी सांसद डीन फिलिप्स डेमोक्र्याटिक पार्टीको तर्फबाट वर्तमान राष्ट्रपति जो बाइडेनका लागि एक मात्र प्रतिद्वन्द्वी बनेकी छन् । उनले न्यू ह्याम्पसायर र नेभाडा प्राइमरीमा सहज जित हासिल गरिसकेका छन् । 

अमेरिकाका पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले रिपब्लिकन पार्टीको आयोवा ककस र न्यू ह्याम्पसायरको प्राइमरीमा विजय हासिल गरेका छन् । 

अमेरिकी राष्ट्रपतिको प्राइमरी निर्वाचन जुन महिनासम्म चल्नेछ । डेलिगेट्सले आधिकारिक रूपमा पार्टीको राष्ट्रपति पदका उम्मेदवार चयन गर्ने रिपब्लिकन नेशनल कन्भेन्सन जुलाईमा हुनेछ भने डेमोक्रेटिक नेशनल कन्भेन्सन अगस्टमा हुनेछ । 

दुबै दलबाट निर्वाचित नेता सन् २०२४ नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि योग्य हुनेछन् । 

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ४ : ४५ बजे

बडीमालिका हिमपात अपडेट : एक जनाको उद्धार, एकको खोजी जारी

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये

बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात

बाजुरा- शुक्रबारदेखि परेको वर्षासँगै हिमाली भेगमा उच्च भारी हिमपात भएपछि

तस्बिरमा हेर्नुहोस् जलमग्न इमाडोल, ढल निकास नहुँदा घर-पसलहरू डुबानमा

काठमाडौँ– लगातारको वर्षाका कारण ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित इमाडोल क्षेत्र

बुढानीलकण्ठमा देउवा पक्षको तेस्रो अधिवेशन (तस्बिरहरू)

काठमाडौँ – नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शनिबार

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

काठमाडौँ– निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको