यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य « Khabarhub

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज  कालीमाटी बजारमा कारोबार भइरहेको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ। 

कालीमाटी तरकारी बजारमा आज पनि धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा कारोबार भइरहे पनि केही तरकारीको मूल्य भने थोरै घटबढ भएको छ। 

कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ। यो औसत मूल्य हो। नेपाली ठूलो गोलभेँडा बढीमा ७० रुपैयाँ र घटीमा ६० रुपैयाँसम्ममा कारोबार भइरहेको समितिले जनाएको छ। 

त्यसैगरी भारतीय ठूलो गोलभेँडा औसत ७५, लोकल सानो गोलभेँडा २२, तराईको गोलभेँडा ३५, रातो आलु ३२, भारतीय रातो आलु ३५, लोकल गाँजर ३२, लोकल बन्दा ३०, स्थानीय काउली ३०, ज्यापु काउली ४५, तराईको काउली २५, रातो मुला ५५, सेतो मुला २७ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ। यो औसत मूल्य हो। 

त्यसैगरी मटरकोशा ८०, तितेकरेला १३६, तराईको परवल २९०, घिरौँला १०३, पाकेको फर्सी ४५, हरियो फर्सी ४६, रायोको साग ४६, बकुल्ला ६६, ब्रोकाउली ४६, फुजी स्याउ ३२५, हरियो अंगुर १३०, कालो अंगुर २१० प्रतिकिलोमा कारोबार भइरहेको समितिले जनाएको छ। 

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ९ : १३ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको काम देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण