आजबाट हलहलमा उपहार, उत्साहित रेखा | Khabarhub Khabarhub

आजबाट हलहलमा उपहार, उत्साहित रेखा


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजबाट हलहलमा नायिका रेखा थापाको बहुप्रतिक्षित फिल्म उपहार प्रर्दशनमा आउँदैछ । अघिल्ला चलचित्रको समयमा भन्दा यो पल्टचाहिँ एकदमै उत्साहित रहेको रेखाले प्रतिक्रिया दिईन् । 

मैले काम गरेका र निर्माण गरेका अघिल्ला चलचित्रहरू प्रदर्शनको समयमा नर्मस हुन्थेँ म । यो पटकचाहिँ उत्साहित छु रेखाले भनिन्, अहिले जति पनि हलमा चलिरहेका छन्,  तीभन्दा फरक स्वाद ‘उपहार’मा पाउनुहुनेछ  ।

रेखाको अनुसार फिल्मको कन्टेन अहिले चलिरहेको भन्दा फरक छ । कथाकारले पनि एकदमै फरक शैलीमा राम्रो कथा तयार पार्नुभएको छ भने निर्देशकीय पक्षबाट पनि मिहिनेत गरिएको छ ।

झमैले अघिल्ला फिल्ममा गरेको गल्ती यसमा सुधारेको छु । यो फिल्म हेरुन्जेल दर्शकलाई बोर लाग्दैन । फिल्म हेरुन्जेल दर्शकलाई हरेक क्यारेक्टरमा म हुँ भन्ने लाग्छ । यो फिल्म युनिभर्सल फिल्म हो भन्न रुचाउँछु ।

चलचित्रमा सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेका गरिएको छ । यहाँ समाज रुपान्तरणका कुरादेखि समाजमा भइरहने घटनाक्रम पनि उठान गरेका छौँ, अभिनेत्री रेखा थापाले भनिन्, “मेरो चलचित्रले दर्शकलाई मनोरञ्जनसँगै सन्देश दिने गरेको छ । त्यही शैलीलाई निरन्तरता दिएकी छु हामीलाई माया गर्नुहुन्छ भन्ने विश्वास लिएको छु।”

‘उपहार’ले सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेको रेखा बताईन् । नेपाली चलचित्रमा एउटै विषयवस्तु भयो भन्ने आरोप आफूले पनि सुनिरहेको बताउने रेखाले त्यो आरोपलाई ‘उपहार’ ले गलत साबित गर्ने दाबी गर्ने उल्लेख गरिन् ।

‘हाम्रो फिल्म आँखालाई शीतल दिने किसिमको छ । फिल्ममा हरेक मान्छेको यात्रामा भेटिने सफलता र असफलता तथा प्रेम र विछोडका कुरा दर्शकले पाउनुहुनेछ,’ रेखा भन्छिन् । उनले ‘उपहार’ मा समाज रूपान्तरणका कुरादेखि लिएर हरेक दिन समाजमा भइरहने घटनाका कुरा पनि उठान भएको बताईन् । चलचित्रमा नारीमात्र होइन, पुरुष पनि पीडित छन भन्ने कुरा देखाइएको उनको भनाइ छ । हामीले दर्शकले मन पराउने कथामा फिल्म बनाएका छौँ ।झ

उनका अनुसार यो चलचित्रले समसामयिक विषयवस्तुलाई निकै नै रमाइलो तरिकाले उठाएको छ । फिल्मको  पहिलो हाफमा कमेडी भरपूर छ । दोस्रो हाफमा भने गम्भीरतालाई केन्द्रमा राखिएको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र ‘उपहार’मा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, सुष्मा कार्की लगायतका कलाकारको अभिनय छ ।

रेखाले यसअघि ज्ञानेन्द्र देउजाको निर्देशनमा ‘देवर बाबु’, ‘हिफाजत’, ‘खुसी’ लगायतका हिट  फिल्ममा काम गरी सकेकी छिन ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  १० : ०२ बजे

साढे पाँच दशकदेखि हलचोक आकाश भैरवको मुकुट रंगाइरहेका तेजबहादुर

काठमाडौं– तेजबहादुर चित्रकार अहिले ८७ वर्षका भए । उनले विगत

कांग्रेस लुम्बिनीका कार्यसमिति सदस्य पोखरेल पदमुक्त

काठमाडौं– नेपाली कांग्रेस लुम्बिनीले प्रदेश कार्यसमिति सदस्य विष्णु पोखरेललाई पदमुक्त

छलफलबाट सरकारले उखु किसानका माग सम्बोधन गर्नुपर्छ : गगन थापा

महेन्द्रनगर– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उखु किसानका माग सम्बोधन

अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणका अवरोध हटाउन महासङ्घको आग्रह

काठमाडौं– नेपाल पत्रकार महासङ्घले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको काम

तलबभत्ता लिने सांसदविरुद्ध इन्डोनेशियामा प्रदर्शन

एजेन्सी – सांसद्‌हरूले आफ्नो तलबभत्ता बढाउन खोजेको भन्दै इन्डोनेशियाको संसद्‌