बागमती प्रदेश प्रमुख शर्माद्वारा नारी दिवसको शुभकामना व्यक्त « Khabarhub

बागमती प्रदेश प्रमुख शर्माद्वारा नारी दिवसको शुभकामना व्यक्त


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले आज एक सन्देश जारी गर्दै यो दिवसले नारीहरूको सशक्तीकरणमा पाइला अगाडि बढाइराख्न अभिप्रेरित गरोस् भनी शुभकामना दिएका हुन् ।

उनले सबै नारीको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक तथा विकासका समग्र आयाममा प्रगतिका लागि सम्पूर्णको समान सहभागिता तथा योगदान आवश्यक पर्ने उल्लेख गरे । उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सम्पूर्ण नेपाली नारीहरूमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

महिलाको हकलाई हाम्रो देशको संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको उल्लेख गर्दै उनले संवैधानिक व्यवस्थाबमोजिम महिलाका अधिकार राज्यका विभिन्न निकायमा अहिले कार्यान्वयन भइरहेको बताए । प्रदेश प्रमुख शर्माले कतिपय अवस्थामा पितृसत्तात्मक सोचका कारण समाजमा महिलामाथि बेलाबखत हुने अन्याय अन्त्य हामी सबैको दायित्वभित्र पर्ने पनि उल्लेख गरे ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  १२ : ११ बजे

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,