छोराको हत्या आशंकामा बाबुआमा प्रहरी नियन्त्रणमा « Khabarhub

छोराको हत्या आशंकामा बाबुआमा प्रहरी नियन्त्रणमा


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18.3k
Shares
  • change font
  • change font
  • change font

बिरगञ्ज– वीरगञ्जमा आफ्नै छोराको हत्या आशंकामा बाबा आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आर्यघाटमा गाडिएको अवस्थामा एक बालकको शव निकालेर प्रहरीले ती बालकका बाबा आमालाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी शम्भु महतो धानुक र आमा सबितालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई नजिकको सिर्सिया नदि छेउको आर्यघाटमा खाल्डो खनेर गाडिएको अवस्थामा १२ वर्षीय दिलीप मण्डल धानुकको शव निकालेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

थापाका अनुसार प्रहरी तथा छिमेकीलाई समेत खबरै नगरी शव गाडेको हुँदा घटना शंकास्पद देखिएको छ । वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले आर्यघाटबाट शव निकालेको थापाले बताए ।

आमा–बुबाले बिहीबार घरकै एक कोठामा दिलीपलाई थुनेर ज्याला मजदुरीका लागि घरबाट निस्किएको छिमेकीले बताएका छन् । प्रहरी नायब उपरीक्षक थापाका अनुसार कामबाट बिहीबार साँझ घर फर्किँदा दिलीप कोठामै मृत अवस्थामा भेटिएपछि डरले कसैलाई थाह नदिई अटोरिक्सामा शव राखेर घाटमा लगेर गाडेको बुबा शम्भुले स्वीकार गरेका छन् ।

दिलीप लागूपदार्थको कुलतमा फसेको र अरूको घरघरमै पसेर मोबाइल लगायतका सामान चोरेर हैरान पार्न थालेपछि आफूहरू कामका लागि बाहिर जाँदा दिलीपलाई कोठामै थुनेर जाने गरेको बुबा दिलीपले प्रहरीसमक्ष बयान दिएका छन् । दिलीपको शवलाई पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र बालकको मृत्युको यकिन कारण खुल्ने र त्यसको आधारमा प्रहरी अगाडि बढ्ने प्रहरी नायब उपरीक्षक थापाले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  १ : ३३ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो