भक्तपुरको भाज्या पोखरी पुनर्निर्माण सम्पन्न « Khabarhub

 भक्तपुरको भाज्या पोखरी पुनर्निर्माण सम्पन्न


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १२औं शताब्दीमा बनेको भक्तपुरको भाज्या पोखरीको पुनर्निर्माण सम्पन्न भएको छ । लोप हुने अवस्थामा रहेको पोखरीलाई भक्तपुर नगरपालिकाले पुनर्निर्माण गरेको हो ।

भक्तपुर नगरपालिका वडा नम्बर–१ दुधपाटीस्थित भक्तपुर क्याम्पससंगै जोडिएको भाज्या पुखु (भाज्या पोखरी) को पुनर्निर्माण सम्पन्न भएपछि शुक्रबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ उद्घाटन गरे ।

उपभोक्ता समितिले करिब ३ करोड लागतमा पुनर्निर्माण कार्य सम्पन्न गरेको हो । त्यस्तै भाज्या पुखुको बीचमा जलेश्वरनाथ मन्दिर समेत पुनर्निर्माण गरेर उद्घाटन गरिएको छ ।

भग्नावशेषको रूपमा रहेको भाज्यापुखुको बीचमा माटोको थुम्को रहेपनि भक्तपुर नगरपालिकाले पुरात्वविदहरुको सहयोगमा अध्ययन गर्दा पोखरीको बीचमा जलेश्वर मन्दिर रहेको इतिहासका आधारमा मन्दिर पुनर्निर्माण गरिएको थियो ।

पोखरी र मन्दिर उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष बिजुक्छेले पुरातत्व बिभाग लगाएत सरोकारवाला निकायहरुले प्राचिन स्थानको पहिचान गर्दै यसको संरक्षण गर्नुपर्ने बताए । उनले नयाँ पुस्तालाई प्राचिक कुराहरुबारे जानकारी गराउन पाठ्यपुस्तकमा समावेश गर्नुपर्ने धारणा राखे ।

त्यस्तै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाकाले गरिरहेको सम्पदा संरक्षण कार्यले इतिहासको रक्षा हुनुका साथै भक्तपुरको आन्तरिक र बाह्य पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले सवैको सहयोगमा भाज्या पोखरीको पुनर्निर्माण सम्पन्न भएको बताए ।  कार्यक्रममा पुननिर्माणका लागि सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ४ : ५७ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी