टेवानद्धारा स्व.हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार अक्षयकोष स्थापना | Khabarhub Khabarhub

टेवानद्धारा स्व.हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार अक्षयकोष स्थापना


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान)ले स्व.हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार अक्षयकोष स्थापना गरेको छ ।

नारी दिवसका अवसरमा टेवानले स्वर्गीय पर्यटन व्यवसायी हुतराज श्रेष्ठको नाममा साढे पाँच लाख रुपैयाँको पर्यटन पुरस्कारका लागि अक्षयकोष स्थापना गरेको हो ।

टेवानकी संस्थापक सदस्य तुमला श्रेष्ठले दिवंगत आफ्ना श्रीमान् हुतराज श्रेष्ठको सम्झनामा पाँच लाख, एकाउन्न हजार, एक सय ११ रुपैयाँ टेवानको पर्यटन पुरस्कार अक्षयकोषमा स्थापनाका लागि सहयोग गरेकी छन् ।

अन्तर्राष्ट्रिय नारी दिवस तथा महाशिवरात्रीको अवसरमा पोखराको पुम्दीकोटमा टेवानले आयोजना गरेको कार्यक्रममा टेवानकी संस्थापक सदस्य श्रेष्ठले अध्यक्ष कमला गिरीलाई पर्यटन पुरस्कार अक्षयकोषका लागि पाँच लाख, एकाउन्न हजार, एक सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् ।

टेवानले स्व.हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार आफ्नो वार्षिक साधारण सभा र अधिवेशनमा पर्यटन क्षेत्रमा योगदान दिएका उत्कृष्ट दुई जनालाई सम्मान गर्ने गरी अक्षयकोष स्थापना गरेको अध्यक्ष गिरीले बताइन् ।

‘टेवानमा हामीले पर्यटन क्षेत्रमा योगदान गरेका व्यवसायी तथा व्यक्तित्वलाई सम्मान गर्ने सपना र योजना बनाएका थियौँ’ अध्यक्ष गिरीले कार्यक्रमपछि भनिन्, ‘पर्यटन पुरस्कारको सुरुवात गर्न कार्यसमितिकै सदस्य तुमला श्रेष्ठज्युले अक्षयकोषमा साढे पाँच लाख रुपैयाँ सहयोग गरेपछि हाम्रो योजना वृहत् भएको छ । यसले पोखराको पर्यटनमा स्वर्गीय हुतराज श्रेष्ठको योगदान पनि वर्षौँसम्म सबैको सम्झनामा रहने विश्वास लिएका छौँ ।’

पूर्वी नेपालको भोजपुरबाट पोखरा आएर सुरुदेखि लेकसाइडको पर्यटन क्षेत्रको विकासमा योगदान दिँदै आएका हुतराज श्रेष्ठको गएको असोजमा ७७ वर्षको उमेरमा निधन भएको थियो ।

उनको निधनपछि श्रीमती तुमलाले टेवानमा पर्यटन पुरस्कार अक्षयकोष स्थापना गर्न सहयोग गर्दै हुतराजको योगदानलाई देश विदेशमा फैलाउने विश्वास गरेकी छन् ।

पोखराको पर्यटनमा हुतराज श्रेष्ठको योगदान 

२००३ सालमा भोजपुरमा जन्मिएका हुतराज श्रेष्ठ पहिलो पटक पर्यटनका विषयमा तालिम दिन २०३६ सालमा पोखरा पुगेका हुन् । पूर्वी नेपालको भोजपुरमा जन्मिएर धरान लगायतका ठाउँमा पर्यटनबारे धेरै सीप, ज्ञान, अध्ययन तथा तालिमप्राप्त श्रेष्ठ पहिलो पटक पोखरा पुगेपछि लेकसाइडका व्यवसायीलाई तालिम दिएका थिए ।

त्यसपछि उनले पोखरामै बसाई गरे । पोखरामा हुँदा सुरुमा कान्तिपुर होटल खोलेर व्यवसाय थालेका उनले पछि बेसक्याम्प होटल पनि सञ्चालन गरे । आफूले पनि व्यवसाय गर्ने र अरूलाई पनि पर्यटन व्यवसायमा प्रेरित गर्ने उनले अरु धेरै व्यवसायीको मार्ग निर्देशकका रूपमा काम गरे ।

भोजपुरका सरकारी स्कुलमा हेडमास्टर भएर शिक्षण पेशामा लागेका उनी पछि पोखरा पुगेपछि प्रशिक्षण दिँदै व्यवसायी बनेका हुन् । पोखराको पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन व्यवसायीसँग हातेमालो गर्दै अघि बढेका उनले पोखराका अन्य पर्यटन तथा सामाजिक संघ संस्थामा संस्थापकदेखि सदस्यसम्म भएर काम गरे ।

२०३० सालमा धरानकी तुमला श्रेष्ठसँग बिहे गरेर पोखरामा बस्दै आएका हुतराजका दुई छोरा प्रभात र प्रितम तथा छोरी प्रसन्ना छन् । तुमला टेवानको संस्थापक सदस्य बनेपछि उनले आफ्ना श्रीमान् हुतराजको योगदानलाई अविस्मरणीय बनाउन पर्यटन पुरस्कार अक्षयकोष स्थापना गर्न सहयोग गरेकी हुन् ।

पर्यटन क्षेत्रमा पनि होटल व्यवसायीका रूपमा परिचय बनाएका हुतराजले सामाजिक, आर्थिक तथा धार्मिक क्षेत्रमा धेरै सेवा गरेका छन् । उनले विश्व हिन्दु महासंघ, पश्चिमाञ्चल क्षेत्रको महासचिव भएर काम गर्दा केदारेश्वर बोलबम धाम अन्तर्गत महायज्ञको अनुदान अध्यक्ष भएर काम गरेका थिए ।

यस्तै उनले मुक्तिनाथ क्षेत्रको झण्डै दुई दशकसम्म अध्यक्ष भएर काम गरेका हुन् । यस्तै रामघाट मुक्तिनाथ आश्रम क्षेत्रको भवन निर्माण गर्नुका साथै मुक्तिनाथ स्वास्थ्य सेवा भवन निर्माण गर्न सहयोग गरेका थिए ।

यस्तै पोखराको रामघाट, विन्धावासिनी माता समिति, त्रिवेणीधाम गंगा माता महोत्सवदेखि कालीगण्डकी माता महोत्सवसम्म सञ्चालन गर्न पनि विशेष भूमिका खेलेका थिए । यस्तै अन्तर्राष्ट्रिय लायन्स क्लबमा पनि रहेर काम गरेका उनले माउन्टेन म्युजियम, नेत्र ज्योति संघ कास्की, पोखरा छोरेपाटन हाउजिङ सोसाइटीका साथै मणिपाल अस्पतालमा कमजोर आर्थिक अवस्था भएका महिला सुत्केरी हुँदा दश हजार रुपैयाँसम्म आर्थिक सहयोग दिएर पनि समाजसेवा गर्दै आएका थिए ।

पोखराको धार्मिक, सामाजिक र पर्यटन क्षेत्रमा लामो समय समाजसेवा गरेका हुतराजको सम्झनामा पर्यटन पुरस्कार स्थापना गरेर देश विदेशमा उनको योगदानलाई फैलाउने श्रीमती तुमलाको भनाई छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ६ : ५८ बजे

किवी खेतीमा किसानको आकर्षण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीमा एक दशकअघि परीक्षणका रुपमा

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

रूकुम पश्चिम– आफ्नै श्रीमती ३० वर्षीया देविका बुढाथोकीको हत्या गरेको आरोपमा

सिर्सिया नदीमा औद्योगिक फोहर मिसाउनेलाई स्थाकारबाही

वीरगञ्ज– बारा–पर्साको औद्योगिक कलकारखानाबाट निस्कने केमिकलजन्य प्रदूषित फोहरमैला सिर्सिया नदीमा

निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही हुनुपर्छ : कार्यवाहक प्रधानमन्त्री

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निजामती

नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिन लाग्दा ६९ प्रतिशत मात्र प्रगति

त्रिवेणी– नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९ प्रतिशत पुगेको