बन्दुकधारीहरूद्वारा नाइजेरियाली विद्यालयबाट २८० बढी विद्यार्थीे अपहरण « Khabarhub

बन्दुकधारीहरूद्वारा नाइजेरियाली विद्यालयबाट २८० बढी विद्यार्थीे अपहरण


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

कानो – मुलुकको सबैभन्दा ठूलो सामूहिक अपहरणमध्येको एकका रूपमा बन्दुकधारीहरूले उत्तरपश्चिमी नाइजेरियाको एक विद्यालयमा छापा मारी दुई सय ८० भन्दा बढी विद्यार्थीलाई अपहरण गरेको एक शिक्षक र स्थानीय बासिन्दाले बताएका छन् ।

अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा फिरौतीका लागि अपहरण सामान्य हो । यहाँ आपराधिक गिरोहहरूले विगतमा विशेषगरी उत्तरपश्चिममा विद्यालय र कलेजलाई निशाना बनाएका छन् । यद्यपि हालै यस्तो आक्रमण कम भएको छ ।

कदुना राज्यमा स्थानीय अधिकारीहरूले बिहीबार कुरिगा विद्यालयमा अपहरणको आक्रमण भएको पुष्टि गरेका छन् तर कति विद्यार्थीलाई अपहरण गरिएको हो भन्नेबारे अझै पत्ता लगाउने काम भइरहेकाले अपहृतको यकिन सङ्ख्या दिएका छैनन् ।

चिकुन जिल्लाको जिएसएस कुरिगा विद्यालयका शिक्षकमध्ये एक सानी अब्दुल्लाहीले बन्दुकधारीहरूले हावामा गोली चलाइरहेका बेला विद्यार्थीसहित कर्मचारीहरू भाग्न सफल भएको बताए ।

“फेरि पनि हामीले अपहृतहरूको वास्तविक सङ्ख्या निर्धारण गर्न काम सुरु गरेका छौँ”, विद्यालय भ्रमण गर्ने अधिकारीहरूलाई उनले भने, “जिएसएस कुरिगामा एक सय ८७ विद्यार्थी बेपत्ता छन् भने प्राथमिक विद्यालयमा एक सय २५ विद्यार्थी बेपत्ता भए पनि २५ फर्केर आएका छन् ।”

“दुई सय ८० भन्दा धेरै विद्यार्थी अपहरण भएका छन्, हामीले सुरुमा दुई सय अपहरणमा परेको सोचेका थियौँ तर सावधानीपूर्वक गरिएको गणनापछि अपहृत विद्यार्थीको सङ्ख्या दुई सय ८० भन्दा केही धेरै छ”, स्थानीय बासिन्दा मुहम्मद एडमले भने।

स्थानीय अधिकारी र प्रहरीले अपहृतको सङ्ख्याबारे कुनै आँकडा दिएनन् । प्राय हमलाबाट भागेका मानिसहरू घर फर्केपछि नाइजेरियामा अपहृत वा बेपत्ता मानिसको आँकडा कम गरिन्छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ७ : २१ बजे

एमालेको महाधिवेशनमा २४६३ जना प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-२६ ज्योतीनगर बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने

बङ्गलादेशमा डेङ्गुका कारण चार सय भन्दा बढीको मृत्यु

एजेन्सी– बङ्गलादेशमा डेंगुको प्रकोपका कारण यस वर्षमा अहिलेसम्म ४०१ जनाको

लाटोकोसेरो संरक्षित क्षेत्र बन्यो बास्कुना

म्याग्दी– बेनी नगरपालिका–४ बास्कुनामा रहेको देउरालीपाखा सामुदायिक वनलाई सङ्कटापन्न पन्छी

चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु

एजेन्सी – दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको