आईपिएल : गुजरातमाथि लखनउ ३३ रनले विजयी | Khabarhub Khabarhub

आईपिएल : गुजरातमाथि लखनउ ३३ रनले विजयी


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आइतबार राति भएको खेलमा लखनउ सुपर जाइन्टसले गुजरात टाइटनमाथि ३३ रनको जित निकालेको छ।

टस जितेर सुरुमा ब्याटिङ गरेको लखनउले पूरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १६३ रन बनाएको थियो। लखनउले दिएको मध्ययम स्कोरको १६४ रनको लक्ष्य पछ्याएको गुजरात १८ दशमलव ५ बलमा १३० रनमै समेटिएको हो।

सुरुमा ब्याटिङ गरेको लखनउका लागि मार्कस स्टोनिसले अर्धशतक बनाए। उनले चार चौका र दुई छक्काको मद्दतमा ४३ बल खेल्दै ५८ रन बनाएका हुन्। कप्तान केएल राहुलले ३३, निकोलास पुरणले नटआउट ३२ रन जोड्दा आयुष बाडोनीले २० रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्।

गुजरातका लागि उमेश यादव र दर्शन नलकण्डेले समान २–२ विकेट हात पार्दा रासिद खानले १ विकेट लिए।

१६४ रनको लक्ष्य पछ्याएको गुजरातका लागि साई सुदर्शनले ३१, राहुल टेवाटियाले ३०, कप्तान सुभमन गिलले १९, विजय शंकर १७ र दर्शन नलकन्देले १२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। गुजरात ७ बल खेल्न बाँकी हुँदा सबै विकेट गुमाएर १३० रनमा समेटिएको हो।

लखनउका लागि यस ठाकुरले एक्लै ५ विकेट लिए भने क्रुनाल पाण्डेयले ३ विकेट हात पारे। उसका लागि नवीन उल हक र रवि बिश्नोईले १–१ विकेट लिए।

यो खेलसँगै लखनउ चार खेलमा तीन जित दर्ता गर्दै तालिकाको तेस्रो स्थानमा छ। गुजरात भने पाँच खेलमा दुई जित निकाल्दै ४ अंकका साथ सातौं स्थानामा छ।

आईपिएल अन्तर्गत सोमबार चेन्नई सुपर किंग्स र कोलकत्ता किंग्स राइजर्सको प्रतिस्पर्धा हुनेछ। कोलकत्ता दोस्रो र चेन्नई चौथो स्थानमा छन।

 

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ६ : ०८ बजे

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल