सगरमाथाको फेदमा अपाङ्गता रोकथाम शिविर « Khabarhub

सगरमाथाको फेदमा अपाङ्गता रोकथाम शिविर


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा नौ दिनदेखि जारी अपाङ्गता रोकथाम तथा पुनःस्थापना घुम्ती शिविर सकिएको छ ।

कोशी प्रदेश सरकार, खुम्बु पासाङ ल्हामु गाउँपालिका र करुणा फाउन्डेसनको साझेदारीमा उक्त शिविर सञ्चालन गरिएको थियो ।

राष्ट्रिय अपाङ्ग महासङ्घको प्राविधिक सहयोगमा खुम्बु पासाङल्हामु गाउँपालिका–१ बाट चैत १७ गते सुरु गरिएको घुम्ती शिविर वडा नं ४ मा पुगेर हिजो समापन गरिएको गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले जानकारी दिए ।

उनका अनुसार सबै वडामा भएको उक्त घुम्ती शिविरबाट एक सय १३ जनाले स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्र तथा आवश्यकता पहिचान सेवा लिएका थिए ।

पूर्ण अपाङ्गता (क वर्ग), अति अशक्त अपाङ्गता (ख वर्ग), मध्यम अपाङ्गता (ग वर्ग) र सामान्य अपाङ्गता (घ वर्ग) गरी ९८ जनाले परिचयपत्र प्राप्त तथा नवीकरण गरेको गाउँपालिका उपाध्यक्ष तथा अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिका संयोजक टासील्हामु शेर्पाले जानकारी दिइन् ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ९ : ४२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको