पनौती-खोपासी सडक कालोपत्र गर्न माग « Khabarhub

पनौती-खोपासी सडक कालोपत्र गर्न माग


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– पनौती नगरपालिकाको रोशी खोला पुलबाट खोपासी बजार हुँदै बेथानचोक गाउँपालिकाको सिमाना पाटीखर्कसम्मको चार किलोमिटर सडकखण्ड कालोपत्र गर्न स्थानीयले माग गरेका छन् । लामो समयदेखि उक्त खण्डमा कालोपत्र नहुँदा यात्रा गर्न सास्ती हने गरेको भन्दै स्थानीयले कालोपत्र गर्न स्थानीयले माग गरेका हुन् ।

पनौती–१० का वडाध्यक्ष मोहनबहादुर भण्डारीले वर्षौँ बितिसक्दा पनि कच्ची सडकमा कालोपत्र नहुँदा यात्राका क्रममा धुलो र खाल्डाखुल्टीका कारण स्थानीयले सास्ती खेप्नुपरेको भन्दै छिट्टै कालोपत्र गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराइएको बताए । जिल्लाको पनौतीपछिको मुख्य बजारको रुपमा रहेको खोपासी बजारसम्म व्यवस्थित सडक नबन्नु विडम्बनाको विषय भएको उनको भनाइ छ ।

एकातिर सो बजार भएर जाने छिमेकी पालिका बेथानचोक, पनौती बजार, नजिकैको वडालगायत सबै ठाउँमा पक्की सडक निर्माण भइसकेको भन्दै वडा नं १० अझैपनि पिछडिएर बस्नु परेको वडाध्यक्ष भण्डारीको भनाइ छ । स्थानीयको समस्या तत्काल समाधान गर्नका लागि नगरपालिका, प्रदेश र सङ्घ सरकारलाई ध्यानाकर्षण गर्दै कालोपत्र गर्न गर्न आग्रह गरिएको उनले बताए।

सडक कालोपत्र गराउनको लागि नगरपालिका, प्रदेश र सङ्घ सरकारसँग छलफल गरिसकेको बताउँदै वडाध्यक्ष भण्डारीले प्राप्त आश्वासनलाई कार्यान्वयन गर्नका लागि नागरिक र सरोकारवालालेसमेत संयुक्त दबाब दिन आवश्यक रहेकामा जोड दिए ।

 सो सडक कालोपत्र गर्नका लागि पूर्वाधार विकास कार्यालयले विस्तृत गुरुयोजनासमेत तयार गरिसकेको छ भने यसअघि रकमसमेत विनियोजन भए पनि कार्यान्वयन नगर्दा थप समस्या भइरहेको उनको भनाइ छ ।

पटक–पटक यो विषय उठान गरी आवश्यकताको बोध गराउँदा पनि त्यसको कार्यान्वयन नहुने अवस्था भएमा विसं २०८१ वैशाख १६ गतेदेखि दबाबमूलक कार्यक्रम गर्ने वडाध्यक्ष भण्डारीले बताए । सडक कालोपत्र गराउने विषयमा सबैको सहयोगको अपेक्षा गरिएको उनले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  १ : ०३ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था