परासर मार्ग कालोपत्र गरिँदै « Khabarhub

परासर मार्ग कालोपत्र गरिँदै


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

तनहुँ– व्यास नगरपालिकाको गौरवको अयोजनाअन्तर्गत पर्ने परासर मार्गमा पक्की नालासहित कालोपत्र गरिने भएको छ । विश्व बैंकको अनुदान सहयोगमा १० दशमलव ५५० किलोमिटर दूरीमा कालोपत्र गर्न लागिएको हो । 

उक्त मार्गअन्तर्गत पर्ने बुल्दीखोला, घाँसीकुव बेल्टारी, अधेरी भञ्ज्याङ, पोख्रेलफाँट, कुमाल गाउँ, समता विद्यालय, नराङ हुँदै कलेस्ती सडकमा जोडिनेछ । व्यास–७, ९, १० र ११ गरी चार वडालाई जोड्ने गरी रिङरोड बनाउन लागिएको नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिए। ‘कालोपत्रपश्चात् यहाँका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन्’, उनले भने, ‘कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालगायत क्षेत्रमा सहज पहुँच पुग्नेछ ।’

ठेक्का मूल्यांकनका लागि सूचना प्रकाशित गरी निर्माण कार्यलाई अघि बढाउन लागिएको तिवारीले बताए। ‘नालासहितको सडक कालोपत्र भएपछि यस क्षेत्रको विकासमा परिवर्तन आउने विश्वास गरेका छौँ’, उनले भने। उनका अनुसार व्यासका गौरवको आयोजनामध्ये सुरु गर्न लागिएको यो पहिलो आयोजना हो ।

आयोजना निर्माणका लागि बिकेएचटिडिसिएल–एसिपिएल जेभी काठमाडौँले रु ५२ करोड ७८ लाख ३० हजार चार सय २७ मा अनुमानित रकमसहित ठेक्का पाएको तिवारीले जानकारी दिए । विसं २०८२ असारसम्ममा आयोजना सम्पन्न गर्ने योजना रहेको नगरपालिका कार्यालयले जनाएको छ । 

परासर मार्ग, छाब्दी केशवटार र माहिन्द्री मार्ग गरी तीन वटा मार्गका लागि प्रस्ताव पेस गरेकामा उक्त आयोजना छनोटमा परेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए। उनका अनुसार बैंकले नगरपालिकाभित्र विभिन्न अध्ययन तथा अवलोकनपश्चात् उक्त आयोजना छनोट गरेको हो ।

छनोटपश्चात् सहरी विकास मन्त्रालयले बजेटका लागि विश्व बैंकसँग सम्झौता गरेपछि नगरपालिकाले बोलपत्र आह्वान प्रक्रिया अघि बढाएको नगरप्रमुख न्यौपानेले बताए। ‘गुणस्तरीय सडक निर्माणपछि यहाँ व्यवस्थित सहरीकरण हुँदै जानेछ’, उनले भने।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ३ : ०३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको