निजी क्षेत्रलाई ‘ड्राइभिङ’ सिटमा राख्ने सरकारको नीति छ : अर्थमन्त्री  « Khabarhub

निजी क्षेत्रलाई ‘ड्राइभिङ’ सिटमा राख्ने सरकारको नीति छ : अर्थमन्त्री 


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने बताएका छन् । 

अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधिसँग सोमबार मन्त्रालयमा भएको भेटमा उनले निजी क्षेत्रको मनोबल बढाउने गरी सरकारले काम गरिरहेको बताए । लगानी सम्मेलनको वातावरण बनाउन लगानीसम्बन्धी ऐनका दर्जन प्रावधानमा संशोधन गर्न लागिएको र उक्त संशोधन वैदेशिक लगानी आकर्षित गर्न मात्र नभई आन्तरिक लगानीको वातावरण निर्माणका लागिसमेत भएको मन्त्री पुनको भनाइ थियो ।

मुलुकमा तीव्र आर्थिक विकासका लागि आन्तरिक श्रोत परिचालन मात्र पर्याप्त नहुने भएकाले बाह्य लगानी आकर्षित गर्नुपर्नेमा अर्थमन्त्रीले जोड दिए । नेपालमा लगानीको वातावरण बनाउनुपर्छ भन्नेमा राजनीतिक दलहरूबीच मतैक्य रहेको पनि मन्त्री पुनले स्पष्ट गरे ।

 ‘सरकारले निजी क्षेत्रलाई ‘ड्राइभिङ’ सिटमै राखेर काम गर्ने हो’, मन्त्री पुनले भने, ‘सरकार र निजी क्षेत्रबीच आपसी साझेदारी र विश्वासका साथ काम गरौँ भन्नेमै सम्माननीय प्रधानमन्त्री र मेरो जोड छ ।’ 

लगानी वातावरणका लागि नीतिगत निरन्तरता र स्थायित्व हुनुपर्नेमा सरकार स्पष्ट गरेको चर्चा गर्दै उनले पछिल्लो डेढ दशकमा जलविद्युत र सिमेन्ट उद्योगको विकासमा भएको प्रगतिको कारण नीतिगत स्थायित्व भएको उल्लेख गरे ।

फरक प्रसंगमा उनले नेपालले आईटी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने समय आएको र सरकारले त्यसबारे सोचिरहेको बताए ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ४ : ४७ बजे

चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक

झापा– आगामी वैशाख ५ गतेदेखि हुने चन्द्रगढी महिला गोल्डकपको खेलतालिका

जिब्रो छेड्ने जात्रा : सुजनले चौथोपटक जिब्रो छेड्ने

भक्तपुर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २

‘स्टारडम’को आडमा अपराध : सबै बलात्कारी कि समय खराब ?

अभिनेता तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ लाई अमेरिका

बुढीनन्दाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज

फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा