‘सत्ताधारीलाई हाम्रो तर्फबाट न सहयोग हुन्छ, न समर्थन’ « Khabarhub

‘सत्ताधारीलाई हाम्रो तर्फबाट न सहयोग हुन्छ, न समर्थन’



आफूलाई राजावादी शक्ति भन्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी विडम्बनापूर्ण निर्णयका कारण विवादमा फस्ने गर्छ । संघीयता नमान्ने अडान राख्ने पार्टी प्रदेशको सभामुख खाने निर्णयमा पुग्छ । अहिले न सशक्त प्रतिपक्ष बन्न सकेको छ, न सत्ताका लागि हरियो बत्ती बालिएको परिस्थिति छ । संघ र प्रदेशको राजनीतिमा  राप्रपाको भावी यात्रा कसरी  अघि बढ्ला ? गएको पुस ३ गते केन्द्रीय समिति बैठकबाट सत्तामा सहयात्रा नगर्ने निधो गरेको राप्रपा एकाएक सत्ताको मोलतोलमा उत्रियो । राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको बटमलाइनमा उभिएको बताउने राप्रपा यतिखेर सुशासन आवाज उठाएर सडक आन्दोलनमा छ । यो अन्तरआत्माको आवाज हो कि सार्वजनिक खपतका लागि उचालिएको नारा ? कमल थापाले नेतृत्व गरेको राप्रपा र लिङदेन नेतृत्वको राप्रपाबीच तात्विक अन्तर के हो ? यिनै विषयका सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल शमशेर राणासँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश : 

राप्रपाले अहिले बोकेको वास्तविक चित्र र चरित्र स्पष्ट पारिदिनुहुन्छ कि ? 
हामी सत्ताधारीसँग प्रदेशमा पनि मिलेका छैनौँ । अहिले विपक्षहरूको सरकार बन्न सक्ने स्थिति प्रदेशमा रहेको अवस्थामा बाहिरबाट समर्थन गर्ने निर्णय भएको छ । सत्तामा जाने कुनै योजना छैन । यो व्यवस्था, अवस्था नै दर्दनाक र कहालीलाग्दो अवस्थामा गुज्रिरहेको छ । यसलाई सामान्य रूपले परिवर्तन गर्न सकिँदैन । त्यसकारण राप्रपा समान विचार धारा, एजेण्डा मिल्ने र यो व्यवस्था खारेज गरी राजा सहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र बनाउनुपर्छ भन्ने उद्देश्य बोकी आन्दोलन घोषणा गरेर हामी अघि बढेका छौं । 

प्रदेश खारेजीको कुरा गरिरहँदा प्रदेशमा अस्थिरता जति लम्बिन्छ, त्यति राप्रपाको नारा बलियो होला नि ? 
देशलाई अस्थिर बनाउने योजना हाम्रो हैन । यो मूलत परिस्थिति बद्ल्ने योजना हो । देश अस्थिर होस् र गन्जागोल होस् भन्ने हाम्रो अभिप्राय होइन ।

राजसंस्था, हिन्दु राष्ट्रको पक्षमा बहस गरिरहँदा को सँग गर्ने त सहकार्य ? 
यो देशमा गणतन्त्र संघीयता विरोधी र राजतन्त्र ल्याउनुपर्ने विचारधारा बोकेका पार्टी व्यक्ति संस्था, समूह सबैसँग हामी सहकार्य गर्छौ । त्यसमा सामूहिक नेतृत्व हुन्छ । सबैलाई मान मर्यादा दिए एकजुट भएर हामी अगाडि बढ्छौँ । यसमा समान लक्ष्य बोकेका सबैले सबैको अस्तित्व स्वीकारेर सहकार्य गर्ने हाम्रो योजना छ ।

तपाईँहरूको एजेण्डामा कमल थापादेखि केशरबहादुर विष्टसम्म सबै आउने हो ? 
सबै आउँछन् । यो विचार धारा लक्ष्य बोकेका सबै व्यक्ति समूह पार्टी अभियन्ता सबैलाई एक ठाउँमा राखेर अगाडि बढ्ने प्रयासमा हामी छौँ ।

जनमतको आकारका हिसाबमा हामी ठूलो शक्ति हौँ, हाम्रो मातहतमा सबै आउनु पर्छ भन्ने दम्भ राप्रपाभित्र रहेको हो ?
हामी सबै मिलेर अगाडि बढ्नु पर्छ भन्ने नै छ । एकताबद्ध भएर व्यवस्था परिवर्तनका विरुद्धमा लाग्छौं । अहिलेको अवस्था सानो, ठूलोको नभएर परिस्थितिको हो । 

यो आन्दोलनका लागि भारतबाट आर्थिक सहयोग आएको हल्ला छ नि ? 
हैन, हामी विदेशीसँग एक पैसा लिएर गर्दैनौँ ।  नेपालीकै साथ सहयोग लिएर अघि बढ्ने हो । हामी राजा सहितको प्रजातन्त्र खोज्ने मान्छे हौँ । हामीलाई राजाको साथ र सहयोग छ ।  त्यसमा कोही नजिक र कोही टाढा छैनन् । यो अवस्था र व्यवस्था बदल्न सबै लाग्नुको विकल्प छैन । 

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ५ : २४ बजे

भक्तपुरमा एमाले उम्मेदवारद्वारा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौं– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुरका नेकपा एमाले उम्मेदवारहरूले आफ्नो

‘ग्रिनल्यान्डलाई अमेरिकी अस्पताल जहाजको आवश्यकता छैन’

कोपनहेगन– डेनमार्कका रक्षामन्त्री ट्रोअल्स लुन्ड पौल्सेनले ग्रिनल्यान्डलाई अन्य देशहरूबाट चिकित्सा

बालबालिकामा इन्टरनेटको लत : अभिभावकलाई स्वास्थ्य, शिक्षाका विषयमा चिन्ता

काठमाडौं– पछिल्लो समय प्रविधिको विकास भएसँगै मोबाइल फोन र इन्टरनेटको

चितवन–३ मा कस्तो छ चुनावी माहोल ?

चितवन–  चितवन क्षेत्र नं ३ का नेपाली कांग्रेस र नेकपा (एमाले)का

निर्वाचनको समयमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यही फागुन