‘खानेपानी समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना आवश्यक’ « Khabarhub

‘खानेपानी समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना आवश्यक’


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेसको खानेपानी समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताएका छन्। 

संघीय खानेपानी तथा ढल निकासी विभागद्वारा आज  धनुषाको लालगढमा आयोजित मधेस प्रदेशका लागि गुणस्तरयुक्त थोक खानेपानी  वितरणसम्बन्धी परामर्श गोष्ठीमा उनले मधेसको दक्षिणी भूभागमा केही वर्ष यता पानीको सतह घटेपछि सुक्खा याममा खानेपानीको हाहाकार हुँदै आएको जनाउँदै दुवैखाले योजनालाई अगाडि बढाउन सङ्घीय सरकारलाई आग्रह पनि गरे।

सङ्घीय सरकारले सुनकोशी मरिन डाइभर्सनको पानीमध्ये केही पानीलाई प्रशोधन गरी मधेसका छ जिल्लामा खानेपानी आपूर्ति गर्ने नीति लिएकामा धन्यवाद दिँदै मुख्यमन्त्री यादवले भने, ‘योजना सराहनीय छ, मधेस सरकार हातेमालो गर्न प्रतिबद्ध छ, यो योजना पूरा हुन धेरै समय लाग्छ, तसर्थ तत्कालीन योजना अघि बढाउन आवश्यक छ, हामीलाई सहयोग गर्नुस्, मधेसका चापाकल अहिले नै सुक्न थालेका छन्, तत्कालीन योजनाका लागि सङ्घ सरकारलाई आग्रह गर्दछु ।’

सङ्घीय खानेपानीमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रतिनिधिसभाको महिला, बालविकास तथा सामाजिक समितिका सभापति किरण साह, पूर्वखानेपानीमन्त्री महेन्द्र राय यादव, मधेस सरकारका ऊर्जा, खानेपानी तथा सिँचाइमन्त्री सिंघासन साह कलवारलगायतका वक्ताले मधेसमा खानेपानी आपूर्तिको अवस्था र आगामी रणनीतिबारे आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ६ : ४७ बजे

एमालेमा ओलीको संकट बढ्दै गर्दा उनैले भित्र्याएका अरगरियाले छाडे पार्टी

काठमाडौं- नेकपा (एमाले)का केन्द्रीय सदस्य उमाशंकर अरगरियाले पार्टी परित्यागको घोषणा

पेट्रोलियम पदार्थमा लगाइएको करविरुद्ध चितवनमा मिराजको अनौठो प्रदर्शन

काठमाडौं– पेट्रोलियम पदार्थमा लगाइएको कर खारेजीको माग गर्दै चितवनमा युवाहरूले

खबरहबकर्मी घिमिरेसहित चारजना पत्रकार पुरस्कृत

पाँचथर– खबर मिडिया ग्रुपकी राजनीतिक रिपोर्टर ज्ञानु घिमिरेलाई नेपाल पत्रकार

ऋषि धमलाले भने- सरकारले जेन-जी आन्दोलनका घाइते तथा पीडितको माग सम्बोधन गर्नुपर्छ

काठमाडौं– स्वतन्त्र नागरिक अभियान नेपालले देशमा सुशासन, पारदर्शिता, सामाजिक न्याय

गगनलाई एनपीको आग्रह : क्रियाशील सदस्यताबारे थप विवाद नबढाउनू

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले सभापति गगन थापासँग पार्टीमा