न्युजिल्याण्डले कडा बनायो भिसा नियम | Khabarhub Khabarhub

न्युजिल्याण्डले कडा बनायो भिसा नियम


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्युजिल्याण्डले भिसा नियम कडा बनाउने घोषणा गरेको छ । विदेशबाट न्युजल्याण्डमा आउनेहरुको संख्या अस्थिर रहेको भन्दै भाषा र सीप मापदण्डहरू थपेर भिसाको नियम कडा गर्ने घोषणा गरिएको छ ।

एक्रेडिटेड इम्प्लोयर वर्कर भिसा योजनामा नयाँ नियम तत्कालदेखि लागु हुने गरिको अध्यागमन मन्त्री एरिका स्ट्यानफोर्डले घोषणा गरेकी छन् । २०२३ मा न्यूजील्याण्डमा एक आल्ख ७३ हजार बसाइँ सरेका थिए ।

मन्त्री स्ट्यानफोर्डले न्यजिल्याण्डका नागरिकलाई कामको कमी हुने देखिएपछि नयाँ नियम ल्याइएको स्पष्ट गरेकी छन् । उनले  न्यजिल्याण्डका मानिसहरूलाई सीपको अभाव नभएको कामको लागि लाइनको अगाडि राखिएको बताएकी छन् ।

वर्कर भिसा योजनामा भएका परिवर्तनहरूमा अङ्ग्रेजीको न्यूनतम मानक, कार्य अनुभव वा योग्यताको रूपमा नयाँ न्यूनतम सीपको आवश्यकता, र अधिकतम निरन्तर बसाइलाई तीन वर्षसम्म घटाउने व्यवस्था गरिएको छ ।

यातायात र हेरचाह क्षेत्रहरूमा केही कामलाई यी नयाँ नियमबाट छुट दिइएको बताइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ७ : ०८ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको