जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई सुरक्षा अधिकारी पक्राउ « Khabarhub

जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई सुरक्षा अधिकारी पक्राउ


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारीलाई पक्राउ गरिएको छ ।

युक्रेनको राज्य सुरक्षा सेवा (एसबीयू) ले सुरक्षा इकाईका दुई कर्णेललाई हिरासतमा लिइएको छ र रुसलाई गोप्य जानकारी चुहाएको आरोप लगाइएको जनाएको छ ।

एसबीयूले रूसको राज्य सुरक्षा सेवा सँग सम्बन्धित एजेन्टहरूको नेटवर्कको पर्दाफास भएको बताउँदै उनीहरूले जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको र ति योजना असफल बनाएको बताएको छ ।

एसबीयूले उनीहरुले एसबियुका प्रमुख र युक्रेनको रक्षा गुप्तचर प्रमुखसहित अन्य वरिष्ठ युक्रेनी अधिकारीहरूलाई पनि निशाना बनाएको बताएको छ ।

फेब्रुअरी २०२२ मा रसियाले युक्रेनमा पूर्ण मात्रामा आक्रमण सुरु गरेदेखि जेलेन्स्कीले आफ्नो जीवनमा धेरै प्रयासहरूको सामना गरेका छन् ।

माइकोलाइभको दक्षिणी युक्रेनी क्षेत्रकी एक महिलालाई जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा अगस्ट २०२३ मा पक्राउ गरिएको थियो । उनलाई मार्नको लागि रूसी हवाई हमलाको योजना बनाउन माइकोलाइभको नियोजित भ्रमणको बारेमा गुप्तचर सङ्कलन गरेको आरोप थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ८ : ४० बजे

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्