रफाह सीमा नाका इजरायलको कब्जामा « Khabarhub

रफाह सीमा नाका इजरायलको कब्जामा


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलले इजिप्ट र गाजा बीचको रफाह सीमा नाका कब्जा गरेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रफाहमा जमिन आक्रमण गर्ने चेतावनी दिएको केही घण्टापछि इजरायली ट्यांकहरू रफाह सीमामा पुगेका थिए । 

उही समयमा, इजरायलले रफाह सीमामा कब्जा गर्नुभन्दा केही समय अघि, हमासले कतारको मध्यस्थतामा युद्धविराम सम्झौतालाई स्वीकार गरेको थियो र ३३ बन्धकहरुलाई रिहा गर्न पनि राजी भएको छ ।

युद्धविरामका सर्तहरूले हमासको बन्दीबाट रिहा भएका प्रत्येक बन्धकको लागि, इजरायलले ६० प्यालेस्टिनीहरूलाई रिहा गर्ने, जसमा महिला, बालबालिका र ५० वर्षभन्दा माथिका वृद्धहरू समावेश हुनेछन् ।

तर, इजरायलले कतार, इजिप्ट र अमेरिकी अधिकारीहरूले गरेको युद्धविराम सम्झौतालाई अस्वीकार गरेको छ । अर्कोतर्फ, हमासको प्रतिद्वन्द्वी प्यालेस्टाइनी प्राधिकरणका प्रवक्ताले द्वन्द्व बढ्नबाट रोक्न अमेरिका र संयुक्त राष्ट्र संघलाई हस्तक्षेप गर्न आह्वान गरेका छन् ।

इजरायली सेनाले सोमबार र मङ्गलबारको बीचमा दक्षिणी गाजा र रफाहमा गरिएको कारबाहीमा २० आतंककारी मारिएको जनाएको छ । इजरायली सेनाले रफाहको अल अबरार मस्जिदमा पनि हमला गरेको छ, जहाँ धेरै हमास आतङ्कवादीहरूलाई लुकेको बारेमा ठोस जानकारी प्राप्त भएको थियो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको पछिल्लो युद्धविराम प्रस्तावले इजरायलको आवश्यक मागलाई विचार नगरेको बताएका छन् । उनले बन्धकहरूलाई फिर्ता गर्न गाजामा धेरै सैन्य दबाब रहेको बताए । 

इजरायलका रक्षामन्त्री योभ गालान्टले बन्धकहरूलाई मुक्त गर्ने वार्ता असफल भएमा रफाहमा कडा सैन्य आक्रमण गर्ने बताएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ९ : ०३ बजे

गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित

काठमाडौं– गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा

रूपान्तरणको आवाजलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ : उदयशमशेर

काठमाडौं– नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले पार्टीमा उठेको रूपान्तरण र

नेपाली महिला क्रिकेट टोली स्कटल्यान्डसँग पराजित

काठमाडौं– आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखेका सातवटा क्यामरामा क्षति

चितवन–  चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका सात वटा क्यामेरामा

आगामी निर्वाचनपछि धेरै युवाहरू नीति निर्माण गर्ने तहमा पुग्छन् : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनपछि धेरै