रूपान्तरणको आवाजलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ : उदयशमशेर « Khabarhub

रूपान्तरणको आवाजलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ : उदयशमशेर


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले पार्टीमा उठेको रूपान्तरण र परिवर्तनको आवाजलाई सम्बोधन गर्नुपर्ने बताएका छन् । शुक्रबार सञ्चारकर्मीहरूसमक्ष प्रतिक्रिया दिँदै राणाले विशेष महाधिवेशनलाई सेफल्यान्ड गर्नुपर्ने बताए ।

‘यो स्पष्ट नै छ, अहिले जुन किसिमको रूपान्तरणको आवाज उठेको छ, परिवर्तनको आवाज उठेको छ यसलाई पनि सम्बोधन गरेर हामीहरू अगाडि बढ्नुपर्छ, साथसाथै पुराना नयाँ साथीहरू मिलेर एउटै नयाँ सोच लिएर अब हामी अगाडि बढ्नुपर्छ’, उनले भने ।

एनले आफूहरूले पार्टीमा मध्यमार्ग चयन गरेको भन्दै विशेष महाधिवेशनलाई सेफ ल्यान्डिङ गर्नुपर्ने बताए । 

‘यो इस्युलाई विशेष महाधिवेशनलाई सेफ ल्यान्ड गराउन अहिले हामीले जरुरी देखेको कारणले एउटा मध्यमार्गी बाटो खोज्नुपर्छ भनेर पहिल्यै केन्द्रीय कार्यसमितिको मिटिङदेखि भन्दै आएको हो, त्यसैले हामीले मध्यमार्गी बाटोलाई चयन गरेका छौँ’, उनले भने, ‘हामी सबैलाई अपिल पनि गर्न चाहन्छौँ यसलाई सेफल्यान्ड गराउन जरुरी छ ।’ 

नेपाली कांग्रेसको लागि आगामी चुनाव च्यालेन्जको रूपमा आएको भन्दै उनले त्यसलाई फेस गर्न सबै कांग्रेस साथीहरू, सबै नेता कार्यकर्ताहरू एकै ठाउँमा उभिएर जानुपर्ने आफ्नो धारणा रहेको बताए ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ३ : ३७ बजे

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार