जापानको सहयोगमा विद्यालय भवन निर्माण « Khabarhub

जापानको सहयोगमा विद्यालय भवन निर्माण


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


825
Shares
  • change font
  • change font
  • change font

गोरखा– सहिद लखन गाउँपालिका–८ बुंकटस्थित रामेश्वरी माध्यामिक विद्यालयको चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ । 

जापान सरकारको आर्थिक सहयोगमा करिब रु दुई करोड ८९ लाख लागतमा विद्यालय भवनसहितको संरचना निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर रम्तेलले जानकारी दिए।

‘नवनिर्मित बालमैत्री भवनसँगै विद्यालयमा खानेपानी, कक्षाकोठाका लागि आवश्यक पर्ने फर्निचर तथा फूलबारीको पनि व्यवस्था गरिएको छ’, उनले भने, ‘विद्यालय भवनको सुरक्षाका लागि घेराबारसमेत लगाइएको छ ।’ विसं २०८० असारमा शिलान्यास गरिएको भवन चैतमा नै निर्माण सम्पन्न भएको हो ।

एकीकरण नेपाल गोरखा नामक गैरसरकारी संस्थाको सार्वजनिक विद्यालयको सिकाइ वातावरण सुधार परियोजनाअन्तर्गत भवन निर्माण गरिएको हो । नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण भइसकेको छ । भवन निर्माणमा ‘चाइल्ड फण्ड’ जापानले प्राविधिक सहयोग गरेको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १० : ०५ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म: अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको