‘खजुरे ब्रो’ हेरेर नीतिका बुबा आमाले के भने ? « Khabarhub

‘खजुरे ब्रो’ हेरेर नीतिका बुबा आमाले के भने ?


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोडल नीति शाह डेब्यू फिल्म ‘खजुरे ब्रो’को प्रिमियर अघि हँसिलो मुद्रामा थिइन् । लामो अन्योलपछि फिल्म खेलेकी उनी प्रिमियरमा खुशी हुने नै भइन् । अझ, डेब्यू फिल्मको प्रिमियर कलाकारका लागि विशेष हुन्छ नै !

फिल्ममा नीतिभन्दा अन्य कलाकार हाबी छन् । प्रिमियरपछि फिल्मले अपेक्षित रूपमा सकारात्मक प्रतिक्रिया पाएन । फिल्म माथिको जस अपजस पनि एक्ली ‘स्टार’ कलाकार भएकीले नीतिमाथि नै थोपरिने निश्चित छ । तर, फिल्ममा उनको ‘स्क्रिन टाइम’ नै थोरै छ ।

खैर ! छोरीको विशेष समयको प्रत्यक्षदर्शी बन्न नीतिका आमा–बुबा पनि हलमा पुगेका थिए । नीतिका बुबा नवल शाहले फिल्ममा छोरीको भूमिका थोरै रहेको महसुस भएको प्रतिक्रिया दिए । 

उनले नीतिलाई शीर्ष भूमिकामा नपाएको बताउँदै थपे, ‘मलाई चाहिँ आजको फिल्म हेर्दा आगामी फिल्ममा छोरीले लिड रोलमा काम गरोस् भन्ने लाग्यो । समाजमा प्रभाव पार्न सक्ने खालको भूमिकामा काम गरोस् भन्ने लाग्यो ।’

यद्यपि छोरीको बाल्यकालदेखिको सपना र पहिलो प्रयासमा आफू सन्तुष्ट रहेको उनको प्रतिक्रिया छ । त्यस्तै, नीतिको आमा शैलेजा शाहले छोरीको कामप्रति सन्तुष्ट रहेको बताइन् । उनले समग्र फिल्मलाई शतप्रतिशत अंक दिइन् ।  उनले भनिन्, ‘यो फिल्मलाई म पाँचमा पाँच नै दिन्छु ।’

बाबुआमासँगै बसेर प्रिमियर हेरेकी नीति चाहिँ फिल्ममा रहेको आफ्नो चुम्बनको द‌ृश्य आउँदा असहज महसुस भएको बताउँदै थिइन्‌ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १० : ३० बजे

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्