‘सहकारी समस्यामा लेखा सुपरिवेक्षण समिति मुख्य जिम्मेवार’ « Khabarhub

‘सहकारी समस्यामा लेखा सुपरिवेक्षण समिति मुख्य जिम्मेवार’


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहकारी संस्थाहरूमा आन्तरिक लेखापरीक्षणको भूमिका रहेको लेखा सुपरिवेक्षक समिति निष्क्रिय हुँदा संचालकले मनोमानी गरेको सरोकारवालाहरूले बताएका छन् । व्यवस्थापन र संचालकको कामको सुपरिवेक्षण गर्ने भूमिका समितिले निर्वाह नगर्दा संचालकले बदमासी गरेको र यसले सदस्यहरू पीडित भएको उनीहरूको भनाइ छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा सुरु भएको दोस्रो लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा कार्यपत्र पेश गर्दै एसियाली ऋण महासंघ (अक्कु)का चिफ टेक्निकल अधिकृत रञ्जित हिताराचीले नेपालको सहकारीमा समस्या आउनुमा लेखा सुपरिवेक्षण समिति मुख्य जिम्मेवार रहेको बताए ।

‘संचालक समिति र व्यवस्थापनले सहकारीकाे काम हेर्न लेखा सुपरिवेक्षण समिति राखिएको हो’, उनले भने, ‘बोर्डले गलत काम गर्दा पनि समितिले हेर्न सकेन र सहकारीमा समस्या आयो ।’ सहकारीहरूमा लेखा समितिमा संचालककै परिवारका व्यक्ति राख्ने, बोर्डसँग संयुक्त मिटिङ बसेर लेखा लेखा प्रतिवेदन पास गर्ने जस्ता गलत प्रवृत्ती रहेको भन्दै यसलाई सुधार गर्न उनले सुझाव दिए ।

हिताराचीले नेपालका सहकारीहरूले पाँच खर्ब रुपैयाँ पुँजी परिचालन गरिरहेको र यसको सुरक्षाका लागि बलियो नियमन आवश्यक रहेको बताए । ‘सहकारीको नियमन गर्नका लागि दोस्रो तहको नियामक गठन गर्न लागिएको सुनेको छुँ’, उनले भने, ‘यसको विरोध होइन, छिटोभन्दा छिटो स्थापना गर्नका लागि सहयोग गर्नुहोस् ।’

कार्यक्रममा अक्कुकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भी साना रोक्योले लेखा सुपरिवेक्षण समिति प्रभावकारी बनाउनका लागि उपयुक्त व्यक्ति त्यहाँ पुग्ने व्यवस्था आवश्यक रहेकोमा जोड दिइन । सहकारीको संचालक, लेखा समिति तथा उच्च व्यवस्थापन तहमा काम गर्नुअघि ‘फिट एण्ड प्रोपर टेस्ट’ आवश्यक हुने उनले बताइन् । लेखा सुपरिवेक्षण प्राविधिक काम भएकाले उक्त जिम्मेवारीमा जाने व्यक्ति सम्बन्धित विषयमा जानकार हुनुपर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १० : ३६ बजे

जलवायु उत्थानशीलता अभिवृद्धिका लागि नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौं- हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा जलवायु उत्थानशीलता

राष्ट्रियसभाबाट संकल्प प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी संकल्प प्रस्ताव सर्वसहमतिले

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं– लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि,

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ ठगी (फिसिङ र