उपेन्द्रको जवाफ : माधव नेपाललाई प्रधानमन्त्री बनाउन सरकार ढाल्न खोजेको होइन « Khabarhub

उपेन्द्रको जवाफ : माधव नेपाललाई प्रधानमन्त्री बनाउन सरकार ढाल्न खोजेको होइन


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले एकीकृत समाजवादी पार्टी नेपालका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वर्तमान गठबन्धन सरकार ढाल्ने खेलमा आफू नलागेको जवाफ दिएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादवले यस्तो जवाफ दिएका हुन् ।

उनले एकीकृत समाजवादीसँग मिलेर अहिलेको सरकार ढाल्न खोजेको भन्दै हल्ला गरिएको गुनासो गरे ।

‘एकीकृत समाजवादीसँग मिलेर सरकार ढाल्ल लागेको हल्ला चलइयो । यो गलत छ ।’, उनले भने, ‘अहिलेको सरकारलाई दिएको समर्थन कायम रहन्छ ।’

उनले पार्टी विभाजित भए पनि पहिचान र समावेशिता अन्दोलनलाई आफूले नछाड्ने पनि जवाफ दिए । आफू उक्त आन्दोलनमा अहिले पनि कायमै रहेको तर्क उनले गरे ।

यादवमाथि माधव नेपाललाई प्रधानमन्त्री बनाउने गरी वर्तमान सरकार ढाल्न नेपाली कांग्रेससँग निकटता बढाएको आरोप लागेको थियो ।

उक्त आरोपबीच यादव अमेरिका भ्रमण सकेर फर्किन नपाउँदै अशोक राईसहित ७ जना सांसदहरूले नयाँ दल दर्ता गरिसकेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १२ : ४६ बजे

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले