एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल | Khabarhub Khabarhub

एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रसुवा– नेकपा एमाले रसुवाको ९ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत चयन भएका छन् ।  

मंगलबार सम्पन्न अधिवेशनको बन्दसत्रले उपाध्यक्षमा कैसाङनुर्पु तामाङ, सचिमा पेम्बा तामाङ, महासचिवमा चमेली गुरूङ र शुकबहादुर थोक्रा समेत ७८ सदस्य रहेको कमिटी सर्वसम्मत भएका हुन् ।

२ दिन चलेको बन्दसत्रले प्रस्तुत राजनीतिक तथा सांगठनिक र आर्थिक तथा रसुवा समृद्धिको खाकामाथि प्रतिनिधीहरुले समुहगत छलफल तथा प्रस्तुती गरेर टिप्पणी तथा सुझाव समेटेर पास गरी नेतृत्व चयनमा छलफल गरेका थिए ।

जिल्ला कमिटीमा धेरै नयाँ अनुहार तथा युवा समेटिएका छन् । नेतृत्व नै नयाँ पुस्तामा हस्तान्तरण भएको एमाले रसुवा इन्चार्ज सोम मिश्रले जानकारी दिए ।

अधिवेशनलाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले २२ गते धुन्चेमा उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १२ : ४६ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार