महानगरको सीप मेलामा डकर्मी तालिमका लागि आवेदन खुला « Khabarhub

महानगरको सीप मेलामा डकर्मी तालिमका लागि आवेदन खुला


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाले डकर्मी तालिमका लागि आवेदन आह्वान गरेको छ ।

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअर्न्तगत ‘सिप मेला २०८१’ मा डकर्मी सम्बन्धी आवेदन खुला गरेको हो ।

महानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने स्थायी र करदाता, फोहर व्यवस्थापन क्षेत्र ल्याण्डफिल साइट प्रभावित क्षेत्रमा बसोबास गर्नेलाई प्राथमिकतामा राखेको महानगरले जनाएको छ ।

साथै महानगरले सबै नेपाली नागरिक सबैलाई अवसर दिइने बताउँदै बेरोजगार, युवायुवती, महिला, पुरुष, रोजगारी गुमाएर बसेकाहरू, विदेशबाट सिप सिकेर तथा काम गरेर फर्केकाहरू, अहिले काम खोज्दै गरेका व्यक्तिहरू सबैले तालिम लिन सक्ने बताएको छ । यो तालिम नि:शुल्क भएको र तालिम टुँडिखेलमा हुने महानगरले बताएको छ ।

सामान्य लेखपढ गर्न सक्ने, १८ वर्ष पूरा भएको नेपाली नागरिकले आवेदन दिन सक्ने र आवेदन दिँदा नागरिकताको फोटोकपी र पासपोर्ट साइजको फोटो २ प्रति ल्याउन महानगरले जानकारी दिएको छ ।

महानगरले हाल जारी रहेको सीप मेलास्थल टुंडिखेलमा गएर आवेदन दिन सकिने जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १ : ४३ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म: अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको