मन्त्री शर्माको आग्रह- प्रधानमन्त्रीलाई नै निर्णय गर्न असहज हुने प्रावधान नराखौँ « Khabarhub

मन्त्री शर्माको आग्रह- प्रधानमन्त्रीलाई नै निर्णय गर्न असहज हुने प्रावधान नराखौँ


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐन निर्माण गर्दा प्रधानमन्त्रीलाई नै अल्पमतमा पार्ने प्रावधान राखेर विधेयक अघि बढाउन नहुने सुझाव दिएकी छन् ।

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा उनले सो सुझाव दिएकी हुन् ।

मन्त्री शर्माले भनिन्, “संवैधानिक परिषद्मा बैठक सञ्चालनका लागि उपस्थित आवश्यक न्यूनतम सङ्ख्याका विषयमा प्रधानमन्त्रीलाई नै असहज गर्ने प्रावधान राख्दा अप्ठेरो हुन्छ, प्रधानमन्त्रीसहितको सहमतिमा अघि बढ्ने विषयमा छलफल गरेर जाऔँ ।”

उनले संवैधानिक परिषद् विधेयकमा छिट्टै निकास निकाली आगामी संसद्को अधिवेशनमा पेस गर्ने हिसाबले अघि बढ्न समितिलाई सुझाव दिइन् । उक्त विधेयकमाथि विगतमा लामो छलफल भएको र अधिकांश विषयमा सहमति भइसकेकाले बाँकी केही महत्त्वपूर्ण विषयमा शीर्ष तहमा छलफल गरी आगामी बैठकमा टुङ्ग्याउने सहमति भएको छ ।

बैठकमा सदस्यहरूले यसअघिका विधेयक सर्वसम्मतिमा पारित गरिँदै आएको इतिहास सुनाउँदै प्रस्तावित विधेयक पनि दलहरुबीच सहमति कायम गरी आगामी संसद्को अधिवेशनबाट टुङ्ग्याउनुपर्ने आवश्यकता औँल्याए । दलहरुबीच सहमतिको प्रयास गरिँदा ऐन देख्दा ठिक र अभ्यासमा पनि व्यावहारिक हुनुपर्ने उल्लेख गर्दै उनीहरूले बैठकमा अनुपस्थित हुने अवस्था अन्त्य र उपस्थितिलाई प्रोत्साहन गर्ने गरी विधेयकलाई गुणस्तरीय तुल्याउन सुझाव दिए । केही सदस्यले भने समितिमा प्रवेश पाएका विधेयकको जिम्मेवारी पूरा गर्न कार्य तालिका बनाएर काम गर्नुपर्नेमा जोड दिए।

प्रत्येक सरकारले संवैधानिक परिषद्लाई आफ्नो हित अनुकूल बनाउने प्रयासले गलत कार्य भएको भनी केही सदस्यले आक्रोश पोख्दै संवैधानिक परिषद्बाट हुने निर्णय र जिम्मेवारी प्राप्त गर्ने व्यक्तिको योग्यता र क्षमतामा प्रश्न उठ्नु नहुने खालको हुनुपर्छ भने । मुख्य जिम्मेवारी विधेयकमाथि छलफल गर्ने र टुङ्ग्याउने विषयलाई बेवास्ता गरिँदा जनतामा सांसदप्रति नकारात्मक टिप्पणी भइरहेको विषयलाई गम्भीरताका साथ लिएर काम गर्नुपर्ने केही सदस्यले आवश्यकता औँल्याए ।

समितिमा हाल चार विधेयक रहेको बताइएको छ । सरकारले संवैधानिक परिषद्को बैठक बोलाउने कार्यविधि, बैठक सञ्चालन, बैठकका लागि आवश्यक रहने गणपूरक सङ्ख्या समितिका विषयमा संशोधन गर्ने मात्र ध्येयले विधेयक ल्याएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ४ : ३० बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका