वर्तमान सरकार अहिलेजस्तै निरन्तर अगाडि बढ्छ : अध्यक्ष नेपाल | Khabarhub Khabarhub

वर्तमान सरकार अहिलेजस्तै निरन्तर अगाडि बढ्छ : अध्यक्ष नेपाल


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकार निरन्तर अगाडी बढ्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले सरकार अहिलेजस्तै निरन्तर चलिरहने बताएका हुन् । उनले पार्टीले सरकारलाई आगामी नीति तथा कार्यक्रमका साथै बजेटका बारेमा सुझाव दिन लागेको बताए ।

रोजगारी सिर्जना गर्ने र मुलुकलाई आर्थिक रूपमा सबल गर्ने क्षेत्रलाई प्राथमिकतामा राख्ने गरी सरकारले कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए ।

त्यस्तै उनले नारायणहिटीलाई इतिहासलाई झल्काउने गरी संग्रहालयको रूपमा थप बिकासित गर्नुपर्ने र त्यहाँ रहेका सरकारलाई कार्यालयलाई हटाउनुपर्ने बताए ।

उनले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउँदै अघि बढ्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ५ : २४ बजे

युवापुस्ताको प्रेममा ‘लन्डन टु पेरिस’

काठमाडौं – युवापुस्ताको प्रवासी जीवन र प्रेममा आउने उतारचढावमा आधारित

दाङमा सबैभन्दा बढी विप्रेषण भित्रिनेमा तुलसीपुर

दाङ –दाङबाट वैदेशिक रोजगारमा गएकामध्ये विप्रेषण भित्रिनेमा तुलसीपुर सबैभन्दा अगाडि

हाजिरी जमानीमा रिहा भए कैलाश सिरोहिया

जनकपुरधाम- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानीमा रिहा

मधेश सरकार टिकाउन उपेन्द्रले खोजे कांग्रेस र एकीकृत समाजवादीको साथ

काठमाडौं– मधेश प्रदेश सरकार टिकाउनका लागि जनता समाजवादी पार्टी नेपालका

आजका समाचार : एमालेको महिला भेलादेखि गण्डकीको सत्तामा सुरेन्द्र पाण्डेको पुनरागमनसम्म

नयाँ बजेट कार्यान्वयनसँगै आर्थिक सुधारले गति लिनेछ : प्रधानमन्त्री प्रधानमन्त्री