कोशीमा नयाँ सरकार दाबीका लागि सांसदहरूको सनाखत गराइँदै « Khabarhub

कोशीमा नयाँ सरकार दाबीका लागि सांसदहरूको सनाखत गराइँदै


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशमा सरकारको दाबीका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सबै सबै सांसदहरूको सनाखत गराइने भएको छ ।

गत असोजमा एमाले र माओवादी दुवैको समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका केदार कार्कीले अल्पमतमा परेर पनि विश्वासको मत नलिएपछि नयाँ सरकारमा दाबीका लागि सबै सांसदको सनाखत गराउन लागिएको हो ।

कार्की प्रदेश सभाबाट विश्वासको मत लिन तयार नभएपछि प्रदेश प्रमुख परशुराम खापुङकले नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेका छन् ।  बुधबार मात्रै एमाले र माओवादीका नेताहरूले खापुङलाई भेटेर नयाँ सरकार गठनका लागि आह्वान गर्न भनेका छन् ।

तर बुधबार मुख्यमन्त्री कार्कीले जेठ ११ गते बस्ने गरी प्रदेश सभाको बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखकहाँ सिफारिस गरेका छन् ।

सरकार अल्पमतमा गएर संविधान अनुसार विश्वासको मत नलिएकोले प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनको आह्वान तयारी गरेको माओवादी संसदीय दलको नेता इन्द्र आङ्बोले बताए ।

सरकारमा सहभागी दल र सांसदहरूले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ ।

प्रदेशसभा सचिवालयको पत्र, प्रदेशसभाका ९३ सदस्यमध्ये बहुमत सांसद ५२ सांसदले नयाँ सरकार गठन गर्न गरेको आग्रह, संविधानको व्यवस्था तथा सर्वोच्च अदालतको आदेश र महान्यायाधिवक्ता कार्यालयको रायसमेतका आधारमा नयाँ सरकार गठनको आह्वान गर्ने तयारीमा प्रदेश प्रमुख छन् ।

दुई दल एमाले माओवादीले संविधानको धारा १६८ अनुसार सरकार गठन हुनुपर्ने माग गरेका छन् । तर, उपधारा २ कि ५ अनुसार भन्ने उनीहरूले स्पष्ट पारका छैनन् ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ६ : २० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।