कांग्रेसको निष्कर्ष : सहकारी प्रकरणमा रविबारे संसदीय छानबिन समिति बन्नै पर्छ | Khabarhub Khabarhub

कांग्रेसको निष्कर्ष : सहकारी प्रकरणमा रविबारे संसदीय छानबिन समिति बन्नै पर्छ


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन हुनैपर्ने निष्कर्ष निकालेको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठकको छलफलबारे जानकारी दिँदै उपसभापति धनराज गुरुङले रविबारे संसदीय छानबिन समितिको अडानबाट तत्काललाई दायाँबायाँ नहुने निष्कर्ष निकालिएको बताएका छन् ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार दिउँसो बसेको बैठकमा संसदको आगामी अधिवेशन र गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वास मतबारे छलफल भएको थियो।

‘सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडानमा यथावत छौँ,’ गुरुङले भने, ‘बजेट अधिवेशन अघि बढाउने गरी सरकार तयार हुन्छ कि आउँदैन हामी प्रतिक्षारत छौँ ।’

सरकारले आगामी बजेटसमेत ल्याउने गरी यही शुक्रबारदेखि संघीय संसदको अधिवेशन बोलाइसकेको छ । कांग्रेले लाखौं नेपालीको करोडौँ रुपैयाँ सहकारीका नाममा ठगिएकाले संसदीय छानबिन समितिबाट तलमाथि हुन नसकिने दोहोर्‍याएको हो ।

कांग्रेसले मंगलबार सभामुद देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमा पनि सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछाने मुछिएकाले संसदीय समिति नबनेसम्म सहमति हु्न नसक्ने जनाएको थियो । यसअघिको हिउँदे अधिवेशनमा पनि कांग्रेसले लामिछानेमाथि छानबिन माग गर्दै संसद् अवरुद्ध गरेको थियो ।

कांग्रेसले गण्डकी प्रदेशमा सरकार गठन गर्दा असंवैधानिक काम गरिएको भन्दै आपत्ति जनाएको छ । एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले सभामुख कृष्णप्रसाद धितालको समेत मत जोडेर मुख्यमन्त्री बनेको भन्दै कांग्रेसले यसमा आपत्ति जनाएको हो ।

‘संविधानभन्दामाथि कोही पनि छैन । संविधानको अपव्याख्या गर्नु हुदैन,’ उपसभापति गुरुङले भने, ‘गण्डकीमा सरकार गठबन प्रक्रियाबारे कांग्रेस गम्भीर छ। यसका लागि हामी अदालत जान्छौँ ।’

गण्डकीमा सरकार बनाउन लागि ३१ जना सांसद चाहिन्थ्यो । ६० सदस्यीय प्रदेशसभामा यही सोमबार खगराज अधिकारीले विश्वासको मत लिँदा ३० जना सांसदको समर्थन पाएका थिए । त्यसपछि कांग्रेस सर्वोच्च पुगेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ६ : १२ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही