एक सातादेखि बेपत्ता चितवनकी स्नेहा पशुपति परिसरमा भेटिइन् « Khabarhub

एक सातादेखि बेपत्ता चितवनकी स्नेहा पशुपति परिसरमा भेटिइन्


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


26.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कलंकीबाट एक सातादेखि हराइरहेकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने पशुपति मन्दि‍र परिसरमा भेटिएकी छन् ।

पारिवारिक स्रोतले स्नेहालाई पशुपति मन्दिर परिसर क्षेत्रमा फेला पारिएको जनाएको छ । तर उनी कस्तो अवस्थामा भेटिएकी हुन् भन्ने परिवारले अहिलेसम्म खुलाएको छैन ।

स्नेहा पशुपति क्षेत्रमा रहेको आधारमा बुधबार साँझ परिवार र प्रहरीको टोली आरती स्थानतिर खोजीमा लागेको थियो। उनलाई आरती हुने क्षेत्रमा फेला पारिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

चितवनको कालिका नगरपालिका–६ जमुनापुर घर भएकी स्नेहा लामिछाने ७ दिनदेखि बेपत्ता थिइन् ।

काठमाडौंको कलंकीस्थित मामाघरमा बसेर कम्प्युटर इञ्जिनियरिङ प्रथम सेमेस्टरमा अध्ययनरत उनी वैशाख १९ गतेदेखि बेपत्ता भएकी थिइन् । उनको मोबाइल त्यही दिनदेखि बन्द थियो ।

स्नेहा हराएपछि उनका परिवारका सदस्य र आफन्तजनहरु खोजीमा लागिरहेका थिए ।

स्नेहाका काका दीपक लामिछानेका अनुसार वैशाख १९ गते उनी मामाघरमा हजुरआमा निदाएका बेला कलेज ब्याग बोकेर कलंकी खसी बजारतिर लागेकी थिइन् ।

मामाघरको सानो गल्लीबाट बिहान ११ बजेर ५७ मिनेटमा उनी कलंकी खसीबजारतिर जाँदै गरेको सीसीटीभी फुटेज भेटिएको थियो ।

कालो पाइन्ट र सर्ट लगाएकी उनी खसी बजारबाट चक्रपथको बस चढेको सीसीटीभीमा भेटिएको थियो ।

स्नेहा सगरमाथा इञ्जिनियरिङ कलेजमा कम्प्युटर इञ्जिनियरिङ पहिलो सेमेस्टरकी विद्यार्थी हुन् । उनले एसईई सगरमाथा बोर्डिङ र १२ कक्षा न्यू क्यापिटल कलेजबाट उत्तीर्ण गरेकी थिइन् ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ७ : १६ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल