दोलखामा एक वर्षभित्र सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु  « Khabarhub

दोलखामा एक वर्षभित्र सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु 


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लामा चालु वर्षको चैतसम्म सवारी दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सात जना पुरुष र चार जना महिला रहेका छन् ।

त्यस्तै २२ वटा सवारी दुर्घटनामा परेर ६७ जना घाइते भएका थिए।जसमा २९ जना गम्भीर घाइते,३८ जना सामान्य घाइते भएका थिए। जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा ४३ लाख ५६ हजार राजस्व संकलन गरेको छ ।

कार्यालयले चालु वर्षको ९ महिना बित्दा छ हजार तिन सय सवारी साधन कारबाही तथा जरिवाना मार्फत ४३ लाख ५६ हजार पाँच सय रुपैयाँ संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

कार्यालयले ट्राफिक नियम उलंघन गर्ने आठ सय १३ वटा  ट्रक कारबाही मार्फत सात लाख ३१ हजार,नौ सय२५ वटा बस कारबाहीबाट सात लाख ७९ हजार, १८ सय १२ वटा कारजिप कारबाहीबाट १४ लाख १५ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय दोलखाका ट्राफिक इन्चार्ज ठाकुर भट्टराईले बताए ।

उनका अनुसार ३४ वटा ट्याक्टर कारबाही मार्फत ३१ हजार र १७ सय  १६ वटा मोटरसाइकल कारबाहीबाट १३ लाख ९८ हजार पाँच सय राजस्व संकलन भएको थियो।

– सुबास बस्नेत

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ७ : २० बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल