संविधान संशोधन दुई मुखियाले सनद जारी गरेजस्तो होइन | Khabarhub Khabarhub

बहस

संविधान संशोधन दुई मुखियाले सनद जारी गरेजस्तो होइन

थ्रेसहोल्ड र समानुपातिकको संख्या कति राख्ने ?



संविधानसँग जोडिएका कुरामा विभिन्न चरणका कथामा परियो । त्यसो हुँदा कुन ठाउँबाट के कुरा सुरु गर्ने भन्ने हुँदोरहेछ । शासकीय स्वरूप जोडिएका दुई–तीनवटा विषयमा बढी ध्यान दिँदै म केही कुराहरू राख्न चाहन्छु ।

हामीले प्रहरी के बनाएको हो ? हामीले सेना के बनाएको हो ? हामीले अदालत के बनाएको हो ? हामीले संघीयता के बनाएको हो ? कहीँ न कहीँ त यसबारे सहमति खोज्नुपर्ला नि त ! त्यो एउटा आफैंमा बलियो छलफलको विषय हो ।

०७४ को निर्वाचनपछि हामीहरू सार्वजनिक लेखा समितिमा रह्यौं । काम गर्दै जाने क्रममा लेखा समितिले महालेखा परीक्षकको प्रतिवेदन हेर्ने भनियो । बेरूजु इत्यादि हेरियो । संघीय सरकार बाहेक अरू हेर्न त भ्याइन्न, बढीमा प्रदेश सरकारको हेर्न भ्याइएला भन्ने कुराकानी भयो ।

स्थानीय तह बलियो बनाएका छौँ हामीले । हामीले धेरै राजनीतिक नारा घन्काएर सिंहदरबारको सरकारलाई गाउँघरमा पुर्‍याउने भन्यौं । गाउँघरको सरकार जनताप्रति उत्तरदायी भएर कसरी काम गरेको छ ? शासन कसरी चलाएको छ ? यो हेर्ने ‘ओभरसाइट मेकानिजम’ के हो ? हामीले कहिल्यै छलफल गरेनौँ । त्यो विषयमा छुट्टै छलफल गर्नुपर्ने हुन्छ ।

अहिले चटकको दुनियाँ छ । अमेरिकादेखि दुनियाँका धेरै देशहरूमा चटकबाट जनमत प्रभावित छ । चटकबाट जनमत प्रभावित हुने हुँदा कहाँसम्म पनि कुरा आउने गर्छ भने– अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रलाई पनि हेर्नुपर्‍यो ! यही खालको भाष्य हो भने कसैले भोलि ‘घरभित्र श्रीमान्–श्रीमतीको झगडा पर्‍यो, यहाँ पनि अख्तियार आइदिनुपर्‍यो हेर्नलाई’ भन्नेसम्म बहस नपुग्लाजस्तो लाग्दैन । होइन भने अख्तियारको सीमा के हो ? अख्तियारले के हेर्ने हो ? अख्तियारले हेर्ने विषय टुङ्गियो भने बाँकी प्रदेश र स्थानीय सरकारलाई हेर्न कुन खालको व्यवस्था गर्छौं ? त्यो अर्को विषय हुनसक्छ ।

तीनवटा सरकारबीच सम्बन्धबारे कुरा गर्दा हामीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग बनायौँ । यो सबै चिज बनाएर हामीले के खालको सरकार गठन गर्न खोजेको होला त ? संविधानमा लेखेको ब्यहोराभन्दा ‘बिओन्ड’ गएर हामीले तीन तहको सरकारको अवधारणाबारे कहिल्यै कुराकानी गरेका छैनौं । त्यस विषयमा पनि कुराकानी गर्नुपर्ने होला नि त !

शासकीय स्वरूपसँग कहीँ न कहीँ हाम्रो संविधान जोडिएको छ कि छैन भनेर हेर्दा हामीले ०४८, ०५१ र ०५६ सालको प्रतिनिधि सभालाई सम्झनुपर्छ । खासै विविधता नभएको, नेपालको अनुहार एउटा खाले र प्रतिनिधि सभाको अनुहार चाहिँ अर्को खाले हुने बनायौं नि त हामीले

संविधान बनाउनुअघि तयारी गर्दै जाँदा झलनाथ खनालजी, भीम रावलजी, रामशरण महतजी, म र केही साथीहरूले एउटा एक्सरसाइज लेख्दै थियौं । निर्वाचन प्रणालीबारे एउटा च्याप्टर चाहिँ मेरो जिम्मामा परेको थियो । यसले शासकीय स्वरूपलाई प्रभावित गर्छ । पहिले केही कुरामा प्रवेश गर्छु, अनि त्यहाँ जान चाहन्छु ।

मैले कहिलेकाहीँ सुन्छु कि एउटा अर्थमन्त्री भन्नुहुन्छ– ‘ल ! अर्थतन्त्र नाश भइसकेको थियो, म आएपछि गज्जब गरेँ ।’ यो सन्दर्भ मेरै पार्टीको साथीबाट सुरु गरेको हुँ । उहाँ अर्थमन्त्री हुनुभन्दा अघि अर्थतन्त्र नाश बनाउने प्रधानमन्त्री को हुनुहँुदो रहेछ भनेको त, मेरै पार्टीको नेता हुनुहुँदो रहेछ ।


अलि दिनपछि उहाँ अर्थमन्त्रीको प्रधानमन्त्रीले बोलेको सुन्छु– ‘सब नाश थियो, अर्थतन्त्र नाश थियो, आएर मैले अर्थतन्त्र ठीक बनाएको छु ।’ उहाँभन्दा अगाडि उहाँले भनेकै सबै चिज मान्ने खालको अर्थमन्त्री हुनुहुन्थ्यो । उहाँको पार्टीसरकारमै थियो, मज्जाले सरकारमा थियो है ! अब अहिले फेरि ‘सरकार बदलिनुअघि अर्थतन्त्र ठीकसँग हिँडिरहेको थियो, सरकार बदलिएपछि अर्थतन्त्र फेरि धराशायी भयो’ भन्दै हुनुहुन्छ ।

जिम्मा पाउने मान्छे ‘अर्थतन्त्र सबै ठीक भएको छ’ भन्छन् । यो खाले राजनीति बोक्न हामी किन बाध्य छौँ भन्ने प्रश्न मौलिक प्रश्न हो जस्तो लाग्छ ।
यो शासकीय स्वरूपसँग जोडिएको प्रश्न हो । शासकीय स्वरूपसँग कहीँ न कहीँ हाम्रो संविधान जोडिएको छ कि छैन भनेर हेर्दा हामीले ०४८, ०५१ र ०५६ सालको प्रतिनिधि सभालाई सम्झनुपर्छ । खासै विविधता नभएको, नेपालको अनुहार एउटा खाले र प्रतिनिधि सभाको अनुहार चाहिँ अर्को खाले हुने बनायौं नि त हामीले ।

अब ‘कज’, ‘इफेक्ट’ र ‘असोसिएसन’ नजोडिकन हुँदैन । हाम्रो जमाना त चुड्कीको भरमा चल्ने हो । ‘यो ठीक छैन, बहुमत हुँदा पनि यस्तो भएको थियो’ भन्दै उम्किन पनि पाइएला । बहुमत हुँदा पनि नेपाली कांग्रेसभित्र ०४८ सालमा तानातान पर्‍यो नि त

त्यो अनुभवबाट हामीले नेपालको जस्तो अनुहार छ– त्यस्तै खालको संसद् अथवा संविधान सभा चाहिन्छ भनेर कुरा गर्‍यौं । मिश्रित निर्वाचन प्रणाली अपनायौँ । मिश्रित निर्वाचन प्रणाली अपनाएपछि एउटा झन्झट के भएको छ भन्दा एकाथरी साथीहरू फेरि बाहिर बोल्न थाल्नुभएको छ– ‘बहुमत हुने/नहुने कुराको त केही महत्व नै छैन । ०४८ मा के भयो ? ०५६ मा के भो ? अस्ति ०७४ मा के भो ?’ उहाँहरू यसो भन्दै हुनुहुन्छ ।

अब ‘कज’, ‘इफेक्ट’ र ‘असोसिएसन’ नजोडिकन हुँदैन । हाम्रो जमाना त चुड्कीको भरमा चल्ने हो । ‘यो ठीक छैन, बहुमत हुँदा पनि यस्तो भएको थियो’ भन्दै उम्किन पनि पाइएला । बहुमत हुँदा पनि नेपाली कांग्रेसभित्र ०४८ सालमा तानातान पर्‍यो नि त ! अनि प्रधानमन्त्रीले संसदलाई विघटन गर्नुपर्‍यो अथवा गर्नुभयो, जे भने पनि भयो । ०५६ सालमा तानातान गर्दा कांग्रेसका तीनवटा प्रधानमन्त्री बनाइयो । बनाउने तरिकाबारे पनि मैले स्मरण गर्नुपरेन । अब कांग्रेस मात्रै यस्तो हो कि भन्दाखेरि म त आफू कांग्रेसै भएँ ।

अरू पार्टी पनि ०७४ मा देखिहाल्यौँ । ‘अहिले हामी गठबन्धन बनाउँछौँ, मोर्चा बनाउँछौँ, अलि दिनमा पार्टी एक गर्छौं । पार्टी एक भएपछि ४० वर्ष शासन गर्छौं’ भने । ४० वर्ष शासन गर्ने भनेकाको बेथिति पनि हामीले देख्यौँ । पार्टी व्यवस्थापन गर्ने र जनताले सुम्पिएको जिम्मेवारी इन्टर्नलाइज (आन्तरिकीकरण) गर्ने यो विषयमा आज म प्रवेश गर्न चाहन्नँ ।

पुष्ट खालको पश्चिमा लोकतन्त्रको कुरा गर्दा ‘डोनाल्ड ट्रम्पको पार्टीको सभापति को छ ?’ भन्दा कसैले सम्झेर भन्न सक्नुहुन्न होला । कोही उनले तोकेका नातागोता नै पर्ने व्यक्ति छन् । जो बाइडेनको पार्टीको सभापति को छ त भन्दा जान्न सकिएला । केयर्स टाइमरको पार्टीको सभापति को छ भनी खोजी गर्दा फेला पार्न नसकिएला ।

प्रतिपक्षी नेता भोलिको सत्तापक्ष बनेर काम गर्ने बाटोमा हिँडेको हुन्छ । हाम्रो नेपालमा हामीले यही भाषामा भन्दा सजिलो हुन्छ होला । जोसेफ स्टालिनले कम्युनिष्ट पार्टी चलाएजस्तो तरिकाले, नेहरूले इन्डियामा पार्टी व्यवस्था चलाउँदा त्यसैबाट हामीले सिको गरेर बनाएको पार्टी चलाएको छौँ । फेरि हाम्रो पार्टी (कांग्रेस) त सबै चिजमा अगाडिकै पार्टी हो । सभापतिले पार्टी चलाउने कि प्रधानमन्त्रीले भनेर हामीले बहस गरेको अहिले हो र ! ०५० सालदेखि नै सुरु गर्‍यौं नि !

त्यसकारण; पार्टीको राजनीति कहाँ हुन्छ भन्ने खालको एउटा बहस बाँकी होला । पार्टीहरू हामीले अपनाएको लोकतान्त्रिक खालको पद्धतिमा कहाँ रहने भन्ने कुरा एउटा विषय होला । यहाँनेर अब जिम्मेवारी कसले लिने भन्दा हामीले सजिलो बाटो खोजी गरेका छौं जस्तो लाग्छ । यहाँ समयाभावले सजिलो बाटोबारे म मूल कुरामा पुग्न नसकेको जस्तो लाग्छ । तर, तपाईंहरूको कुरा पनि सुनेपछि त्यो कुरामा प्रवेश गर्न सहज होला ।

एकजनाले हिजो भाषण गरिरहेको सुनेको थिएँ । ‘अब १६५ मध्ये एक तिहाइलाई चाहिँ समानुपातिक बनाउनुपर्छ, अनि त्यसपछि भइहाल्छ’ भन्नुभयो । मैले सोचेँ– एक तिहाइ भनेको ५५ जनालाई बनाउने हो । ५५ लाई बनाउने भनेपछि अब ५५ वटा निर्वाचन क्षेत्रमध्ये एउटा अहिले अलग्गै राखिएको समुदाय भनौं न, मुस्लिम समुदायको चार प्रतिशत छ । ४ प्रतिशत भएपछि कतिवटा निर्वाचन दुईवटा क्षेत्र पर्ने भयो । हिसाब अलिअलि गोलमाल छ भने चेक गर्नुपर्ला है !

धेरै माथि थ्रेसहोल्ड राख्नुभयो भने प्रयोग नभएको भोट कति हुन्छ ? जुन मतले एउटा पनि सांसद् छान्न सक्दैन । खेर गएको मत प्रतिशत कति हुन्छ त ? त्यो विषयमा पनि छलफल भएको छैन । ‘जति खेर गए पनि हुन्छ, तर मलाई बहुमत चाहियो, बहुमतको सरकार चाहियो’ भन्ने उद्देश्यबाट हो भने फेरि त्यसले पनि बाटो लिँदैन

अर्काथरी साथीहरूले भनिरहको सुन्छु – ‘अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउनुपर्छ, त्यससपछि सबै समस्या समाधान हुन्छ ।’ प्रत्यक्ष कार्यकारी ल्याउने भनेको चाहिँ संसद्को चुनाव गर्ने, कसको बहुमत छ हेर्ने, अनि बाँकी बागमतीमा बगाइदिने भनेको हो कि ? त्यो पनि बुझिनँ मैले । आखिर जवाफदेही त संसदसँग हुने होला नि ! कार्यकारीले अख्तियारी पाउने त संसदबाटै होला नि ! संसदमा दलको ह्वीप बोकेर सांसद जाने, त्यसले प्रत्यक्ष निर्वाचित कार्यकारीलाई कति दिन सहयोग गरेर बजेट पास गर्छ होला, के पास गर्छ होला ?

त्यतिमात्रै होइन, हाम्रो झन्झट त के छ भने सरकारबाट निस्किएको पाँच हप्ता भएको छैन, अब ‘विद्रोह नै गर्ने हामी, तयारी गर्छौं’ भन्छौँ । अर्कोले जितेका कारण ५–५ वर्ष प्रतिपक्षमा बस्नुपर्ने भयो भने हामी के गरौंला ? संविधान बनाउँदा सबै चाहिन्छ भन्यौँ । ३३५ जनामा खासै थ्रेसहोल्ड पनि थिएन । ०.२ प्रतिशत भोट ल्याएका पनि अटेका पहिलो संविधान सभामा २५ वटा पार्टी थिए । दोस्रो संविधान सभामा ३० वटा पार्टी भए । त्यो अहिले दोहोर्‍याइ राख्नुपरेन । पछि हामीले ३ प्रतिशत थ्रेसहोल्डको कुरा ल्यायौँ । अर्को कोही ठूलै नेताले ‘थ्रेसहोल्ड बढाइदिएपछि सबै ठीक हुन्छ’ भन्दै हुनुहुन्थ्यो । थ्रेसहोल्ड साह्रै कम हुँदा पार्टी छिन्नभिन्न हुन थाल्यो ।

मधेशबेस्ड पार्टीकै कुरा गरौँ । पहिलो संविधान सभामा समानुपातिकबाट मधेसी पार्टीको ४७ सिट थियो । दोस्रो संविधान सभामा ४१ समानुपातिक सिट पाउनुभयो । तर, पार्टी चाहिँ टुक्राटुक्रा भएको थियो । एउटा मधेसी जनअधिकार फोरम पनि पाँचवटा भएको थियो ।
धेरै माथि थ्रेसहोल्ड राख्नुभयो भने प्रयोग नभएको भोट कति हुन्छ ? जुन मतले एउटा पनि सांसद् छान्न सक्दैन । खेर गएको मत प्रतिशत कति हुन्छ त ? त्यो विषयमा पनि छलफल भएको छैन । ‘जति खेर गए पनि हुन्छ, तर मलाई बहुमत चाहियो, बहुमतको सरकार चाहियो’ भन्ने उद्देश्यबाट हो भने फेरि त्यसले पनि बाटो लिँदैन ।

अब कसैले जिम्मेवारी लिनुपर्‍यो । जिम्मेवारी लिनका लागि कसैको जिम्माको सरकार हुनुपर्‍यो । जिम्माको सरकार हुँदा सकेसम्म बहुमत वा छेउछाउमा पुग्नुपर्‍यो । बहुमतको छेउछाउमा नपुग्ने हो भने पनि कमसेकम पार्टीहरूमा एक्लै लड्ने ‘इनिसिएटीभ’ हुनुपर्‍यो । चुनावअघि नै गठबन्धन बनाएर जानेभन्दा पनि एक्लै लड्नेतिर अघि बढ्नुपर्‍यो । ‘बहुमत आएन भने आ–आफ्नो गच्छेअनुसारको भूमिकामा सरकार निर्माण गरौंला । यसपछि मूल जिम्मेवारी यसको हुन्छ’ भन्ने खालको भाष्य बन्नुपर्ने हुन्छ होला नि !

अस्ति एउटा सरकार बनायौँ । ‘कामै नलाग्ने सरकार बनायौँ’ भन्यौँ । कहिले एमालेले भन्यो, कहिले हामीले भन्यौँ । अहिले कांग्रेस–एमाले एक ठाउँमा बसेर सरकार बनाइएको छ । अस्तिसम्म ‘अर्थतन्त्र नाश भयो’ भन्दैथ्यौँ । अहिले बजेट चाहिँ नचलाउने भनेका छौँ । के खालको शासनको कुरा गरेको हो ? त्यो पनि मैले बुझेको छैन ।

संविधानबारे छलफल गर्न आवश्यक छ । तर, संविधानवाला छलफल दुईटा मुखियाले बसेर सनद जारी गरेजसरी हुँदैन । यो संविधान संविधान सभाले बनाएको हो, संविधान सभाले बनाएको हुनाले पोलिटिकल फ्रेमभन्दा बाहिर लिएर जाऊँ यो कुराकानीलाई । विशेषज्ञहरूको टोलीमा लिएर जाऊँ, जानकारहरूको टोलीमा लिएर जाऊँ

त्यसरी सबै चिजलाई एउटा ठाउँमा राख्ने हो भने कसको प्रतिनिधित्व बढी हुन्छ भन्दा मेरोजस्तो अनुहार भएकाको ! आफ्नो समुदायको जनसङ्ख्याको आधारमा सन् १९९९ देखि अहिलेसम्म सबैभन्दा बढी रिप्रेजेन्टेसन (प्रतिनिधित्व) तराईको ब्राह्मण समुदायबाट भएको छ । कूल जनसङ्ख्यामा सो समुदायको प्रतिशत हेर्दा ४० गुणा बढी प्रतिनिधित्व भएको छ । तराईमा राजपूत छ, कायस्थ छ, मारवाडी छ, राजध्वज छ, सुडी छ, यादव छ ।

त्यस्तै खस–आर्यमा ब्राह्मण र ठकुरी लगायत छन् । जनजातिमा सबैभन्दा धेरै सुनुवार छ, त्यसपछि थकाली छ, त्यसपछि लिम्बू छ, त्यसपछि सन्थाल छ, त्यसपछि गुरूङ छ । भन्दाखेरि त्यहाँ भित्रको पनि ब्लड क्याटेगोरीमा पनि के छ भन्ने हेर्नुपर्ने हुन्छ होला । त्यता पनि म गइनँ ।

यतिमात्र भन्छु – अब हामीले अहिलेकै जस्तो समावेशी चरित्रलाई नफाल्ने भनिरहँदा मेरोजस्तो अनुहारलाई समानुपातिकबाट किन ल्याउने ? मिनेन्द्र रिजालजस्तो खसआर्य भन्नुस्, बाहुन भन्नुस्, जैशी बाहुन भन्नुुस् ! पूर्वको वैभवशाली परिवारमा जन्मिएको, पढ्नलाई पनि राम्रै ठाउँमा पढेको, दुई–चार गफ पनि गर्न सक्ने, काठमाडौंमा पनि घर भएकोलाई समानुपातिकबाट किन ल्याउनुपर्ने ? त्यस्तै सुनुवारको हुने के ? थकालीको हुने के ? नेवारको हुने के ? ती पनि छलफल कहीँ न कहीँ हुनुपर्ने होला नि !

संविधानबारे छलफल गर्न आवश्यक छ । तर, संविधानवाला छलफल दुईटा मुखियाले बसेर सनद जारी गरेजसरी हुँदैन । यो संविधान संविधान सभाले बनाएको हो, संविधान सभाले बनाएको हुनाले पोलिटिकल फ्रेमभन्दा बाहिर लिएर जाऊँ यो कुराकानीलाई । विशेषज्ञहरूको टोलीमा लिएर जाऊँ, जानकारहरूको टोलीमा लिएर जाऊँ ।

राजनीति गर्नेभन्दा बाहिरतिर कुरा गर्दै गएपछि वर्ष/डेढ वर्षमा त्यो खालको संशोधन भयो भने ‘दुई दलीय अधिनायकवाद लाद्न थाले’ भनेर कसैले चिन्ता गर्नुपर्दैन । ‘अब भएका सबैलाई तह लगाउँछु’ भनेर कसैले अभिमान पनि गर्नुपर्दैन । संविधानले स्वाभाविक रूपले निम्त्याएका शासकीय कठिनाइहरूलाई सम्बोधन गर्ने बाटोमा हामी जान सक्छौँ भन्ने लाग्छ ।

(संविधान निगरानी समूह र आईएसएसआरको संयुक्त आयोजनामा बिहीबार सम्पन्न ‘संयुक्त सरकारको अभ्यास : शासकीय प्रभाव’ विषयक संवाद कार्यक्रममा कांग्रेस नेता रिजालद्वारा व्यक्त विचारको सम्पादित अंश ।)

यो पनि-

संविधान संशोधन दुई मुखियाले सनद जारी गरेजस्तो होइन

एमाले उपमहासचिवको प्रस्ताव : समानुपातिकको ‘रिभ्यु’ गरौं

संयुक्त सरकार र संवैधानिक अभ्यास

संविधानमाथि निगरानी : संशोधन किन ?

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ६ : ३५ बजे

मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री यादवलाई

ललितपुर – मदन पुरस्कार गुठीले २०८० सालको मदन पुरस्कार पत्रकार

स्रोत नखुलेको २२ लाख रकमसहित दुईजना पक्राउ

महोत्तरी – महोत्तरीको दुई दिनयता स्रोत नखुलेको रु २२ लाखसहित

आजका समाचार : लाग्यो दशैँ, नखुल्ने भयो बीपी राजमार्ग र नेपालको बिजुली बङ्गलादेश जाने 

बंगलादेशसँग विद्युत् व्यापार सम्झौता नेपाल र बंगलादेशबीच विद्युत किनबेचसम्बन्धी सम्झौता

महिला भलिबलमा काठमाडौँले मधेशलाई हरायो

काठमाडौं– जारी एभरेस्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौँ स्पाइकर्सले मधेश

गोरखामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

गोरखा– गोरखामा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ