टी-२० विश्वकप : श्रीलंकाले बंगलादेशलाई दियो १२५ रनको चुनौती | Khabarhub Khabarhub

टी-२० विश्वकप : श्रीलंकाले बंगलादेशलाई दियो १२५ रनको चुनौती


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी टी-२० विश्वकपको समूह ‘डी’ अन्तर्गत जारी खेलमा श्रीलंकाले बंगलादेशलाई १२५ रनको चुनौती दिएको छ।

टस जितेर बंगलादेशले फिल्ड रोजेपछि सुरुमा ब्याटिङ गरेको श्रीलंकाले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १२४ रन बनाएको हो।

श्रीलंकाका लागि पथुम निसानकाले सर्वाधिक ४७ रन बनाए। २८ बल खेलेका उनले ७ चौका र एक छक्का प्रहार गरे। धनन्जय डी सिल्भाले २१ रन जोड्दा चरित असालान्काले १९ रन बनाए।

एन्जेलो म्याथ्यूज १६ रनमा आउट हुँदा कुसल मेन्डिसले १० रन जोडे। श्रीलंकाका अन्य ब्याट्सम्मानले दोहोरो अंक जोड्न सकेनन्।

बंगलादेशका लागि रिशाद हुसेन र मुस्ताफिजुर रहमानले समान तीनतीन विकेट लिँदा तस्किन अहमद दुई र तन्जिम हसन साकिबले एक विकेट हात पारे।

समूह ‘डी’को बंगलादेश विश्वकपमा पहिलो खेल खेल्दैछ। श्रीलंका भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग ७ विकेटले पराजित भएको थियो।

पहिलो खेलमा बंगलादेश विजयी सुरुवात गर्न चाहन्छ भने श्रीलंका पहिलो जितको खोजीमा हुनेछ।

यो समूहमा बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका, नेपाल र नेदरल्याड्स छन्।

दक्षिण अफ्रिका दुई अंकसहित समूहको शीर्ष स्थानमा छ भने नेदरल्याण्ड्स समान दुई अंकसहित दोस्रो स्थानमा छ। नेपाल र श्रीलंकाले खाता खोल्न सकेका छैनन्।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ८ : १० बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि