टी-२० विश्वकप : श्रीलंकाले बंगलादेशलाई दियो १२५ रनको चुनौती « Khabarhub

टी-२० विश्वकप : श्रीलंकाले बंगलादेशलाई दियो १२५ रनको चुनौती


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी टी-२० विश्वकपको समूह ‘डी’ अन्तर्गत जारी खेलमा श्रीलंकाले बंगलादेशलाई १२५ रनको चुनौती दिएको छ।

टस जितेर बंगलादेशले फिल्ड रोजेपछि सुरुमा ब्याटिङ गरेको श्रीलंकाले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १२४ रन बनाएको हो।

श्रीलंकाका लागि पथुम निसानकाले सर्वाधिक ४७ रन बनाए। २८ बल खेलेका उनले ७ चौका र एक छक्का प्रहार गरे। धनन्जय डी सिल्भाले २१ रन जोड्दा चरित असालान्काले १९ रन बनाए।

एन्जेलो म्याथ्यूज १६ रनमा आउट हुँदा कुसल मेन्डिसले १० रन जोडे। श्रीलंकाका अन्य ब्याट्सम्मानले दोहोरो अंक जोड्न सकेनन्।

बंगलादेशका लागि रिशाद हुसेन र मुस्ताफिजुर रहमानले समान तीनतीन विकेट लिँदा तस्किन अहमद दुई र तन्जिम हसन साकिबले एक विकेट हात पारे।

समूह ‘डी’को बंगलादेश विश्वकपमा पहिलो खेल खेल्दैछ। श्रीलंका भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग ७ विकेटले पराजित भएको थियो।

पहिलो खेलमा बंगलादेश विजयी सुरुवात गर्न चाहन्छ भने श्रीलंका पहिलो जितको खोजीमा हुनेछ।

यो समूहमा बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका, नेपाल र नेदरल्याड्स छन्।

दक्षिण अफ्रिका दुई अंकसहित समूहको शीर्ष स्थानमा छ भने नेदरल्याण्ड्स समान दुई अंकसहित दोस्रो स्थानमा छ। नेपाल र श्रीलंकाले खाता खोल्न सकेका छैनन्।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ८ : १० बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६