टी-२० विश्वकप : श्रीलंकाले बंगलादेशलाई दियो १२५ रनको चुनौती « Khabarhub

टी-२० विश्वकप : श्रीलंकाले बंगलादेशलाई दियो १२५ रनको चुनौती


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी टी-२० विश्वकपको समूह ‘डी’ अन्तर्गत जारी खेलमा श्रीलंकाले बंगलादेशलाई १२५ रनको चुनौती दिएको छ।

टस जितेर बंगलादेशले फिल्ड रोजेपछि सुरुमा ब्याटिङ गरेको श्रीलंकाले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १२४ रन बनाएको हो।

श्रीलंकाका लागि पथुम निसानकाले सर्वाधिक ४७ रन बनाए। २८ बल खेलेका उनले ७ चौका र एक छक्का प्रहार गरे। धनन्जय डी सिल्भाले २१ रन जोड्दा चरित असालान्काले १९ रन बनाए।

एन्जेलो म्याथ्यूज १६ रनमा आउट हुँदा कुसल मेन्डिसले १० रन जोडे। श्रीलंकाका अन्य ब्याट्सम्मानले दोहोरो अंक जोड्न सकेनन्।

बंगलादेशका लागि रिशाद हुसेन र मुस्ताफिजुर रहमानले समान तीनतीन विकेट लिँदा तस्किन अहमद दुई र तन्जिम हसन साकिबले एक विकेट हात पारे।

समूह ‘डी’को बंगलादेश विश्वकपमा पहिलो खेल खेल्दैछ। श्रीलंका भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग ७ विकेटले पराजित भएको थियो।

पहिलो खेलमा बंगलादेश विजयी सुरुवात गर्न चाहन्छ भने श्रीलंका पहिलो जितको खोजीमा हुनेछ।

यो समूहमा बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका, नेपाल र नेदरल्याड्स छन्।

दक्षिण अफ्रिका दुई अंकसहित समूहको शीर्ष स्थानमा छ भने नेदरल्याण्ड्स समान दुई अंकसहित दोस्रो स्थानमा छ। नेपाल र श्रीलंकाले खाता खोल्न सकेका छैनन्।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ८ : १० बजे

स्काभेटर र टिपरको बीचमा च्यापिएर एक जनाको मृत्यु

तनहुँ– जिल्लाको ऋषिङ गाउँपालिका-१ ड्यामसाइडस्थित कालिका कन्ट्रक्सनमा काम गर्ने एक

भेनेजुएलाबाट ३–५ करोड ब्यारेल कच्चा तेल ल्याइने ट्रम्पको घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकालाई

गोदरेजले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं- गोदरेज नेपालले टी २० विश्वकप अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको

तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलाबाट आयात–निर्यात घट्यो

मुस्ताङ– यहाँस्थित (नेपाल–चीन) उत्तरी कोरलानाकाबाट आयात–निर्यात कारोबार न्यून हुँदै गएको छ

साउदी अरबको सेयर बजारमा अब सबै विदेशीले लगानी गर्न पाउने

एजेन्सी– साउदी अरबले आफ्नो वित्तीय बजारमा विदेशी लगानी आकर्षित गर्नका