विश्वकपमा बंगलादेशको विजयी सुरुवात : श्रीलंकाको लगातार दोस्रो हार « Khabarhub

विश्वकपमा बंगलादेशको विजयी सुरुवात : श्रीलंकाको लगातार दोस्रो हार


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी टी-२० विश्वकपमा बंगलादेशले सनसनीपूर्ण विजयी सुरुवात गरेको छ। समूह ‘डी’अन्तर्गत पहिलो खेलमा श्रीलंकाले दिएको १२५ रनको लक्ष्य बंगलादेशले ६ बल बाँकी हुँदा आठ विकेट गुमाएर भेट्टाएको हो।

टस जितेर बंगलादेशले फिल्ड रोजेपछि सुरुमा ब्याटिङ गरेको श्रीलंकाले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १२४ रन बनाएको थियो।

सुरुमा ब्याटिङ गरेको श्रीलंकाका लागि पथुम निसानकाले सर्वाधिक ४७ रन बनाएका थिए। २८ बल खेलेका उनले ७ चौका र एक छक्का प्रहार गरे। धनन्जय डी सिल्भाले २१ रन जोड्दा चरित असालान्काले १९ रन बनाए। एन्जेलो म्याथ्यूज १६ रनमा आउट हुँदा कुसल मेन्डिसले १० रन जोडे। श्रीलंकाका अन्य ब्याट्सम्मानले दोहोरो अंक जोड्न सकेनन्।

बंगलादेशका लागि रिशाद हुसेन र मुस्ताफिजुर रहमानले समान तीनतीन विकेट लिँदा तस्किन अहमद दुई र तन्जिम हसन साकिबले एक विकेट हात पारे।


१२५ रनको लक्ष्य पछ्याएको बंगलादेशका लागि तौहिद हृदयले सर्वाधिक ४० रन बनाए। २० बलको सामना गरेका उनले २० बलमा चार छक्का र १ चौका प्रहार गरे। लिटन दासले ३८ बलको सामना गर्दै ३६ रन बनाए।

बंगलादेशको जितका लागि महमुदुल्लाहले १३ बलको सामना गर्दै १६ रन बनाए। अन्तिम समयमा महमुदुल्लाहले टिकेर खेल्दा बंगलादेशले श्रीलंकामाथि सनसनीपूर्ण दुई विकेटको जित निकालेको हो। उसका लागि अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्।

श्रीलंकाका लागि नुवान तुषाराले चार विकेट हात पारे। चार ओभर बलिङ गर्दै उनले चार विकेटका लागि १८ रन खर्चिए। वानिन्दु हसरंगाले दुई विकेट लिए भने धनन्जय डी सिल्भा र मथीशा पाथिरानाले एकएक विकेट लिए।

समूह ‘डी’को बंगलादेशले विश्वकपमा पहिलो जित निकालेको हो। पहिलो खेलमा दक्षिण अफ्रिकासँग ७ विकेटले पराजित भएको श्रीलंकाले लगातार दोस्रो हार खाएको छ।

यो समूहमा बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका, नेपाल र नेदरल्याड्स छन्।

दक्षिण अफ्रिका, नेदरल्यान्ड्स र बंगलादेशले समान दुई दुई अंक जोडेका छन्। नेटरनरेटका आधारमा दक्षिण अफ्रिका शीर्ष स्थानमा छ भने नेदरल्यान्ड्स दोस्रो र बंगलादेश तेस्रो स्थानमा छन्। यो समूहमा नेपाल र श्रीलंकाले खाता खोल्न सकेका छैनन्।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ९ : ५९ बजे

गुराँससँगै फस्टाउँदै स्थानीय घरबास

फु्ङ्लिङ– माघदेखि फुल्न थालेका गुराँस वैशाख तेस्रो सातासम्म पुग्दा अधिकांश क्षेत्रमा

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा जेठदेखि गाडी गुड्ने

काठमाडौं- नागढुंगा–सिस्नेखोला (२.६८८ किलोमिटर ) सुरुङ मार्ग सञ्चालनका लागि सरकार

रवि भन्छन् : आजै उठाउँछ, भोलि नै उठाउँछ भनेर आतंकित नहुनू, सरकारले त्यस्तो गरेको छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सबैजना सुकुम्वासीलाई

बालेनले तयार पारे संघीय सरकारका १७ मन्त्रालयको खाका

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले संघीय सरकारका मन्त्रालय २५ बाट घटाएर