मगर संस्कृति चिनाउँदै चुली बोझा मगर ‘होमस्टे’ « Khabarhub

मगर संस्कृति चिनाउँदै चुली बोझा मगर ‘होमस्टे’


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– बुलिङटार गाउँपालिका–४ स्थित देवचुली चुलीबोझा मगर सामुदायिक घरबास ‘होमस्टे’ पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । विसं २०७५ मा स्थापना भएको यस घरबासमा मगर संस्कृतिसँग रमाउन चाहने आन्तरिक पर्यटक आउने गर्दछन् ।

 यस घरबासलाई महाभारत पर्वत शृङ्खलाको अग्लो पहाड देवचुली डाँडा, चुली बोझा गाउँको नाम र मगर समुदायलाई जोडेर देवचुली चुलीबोझा मगर सामुदायिक घरबास पहिचान दिइएको छ । जिल्लामा घरबास खुल्नेक्रम बढेसँगै यहाँका मगर समुदायले आफ्नो संस्कृति र खानाका परिकार पर्यटकको रोजाइमा पार्न घरबास सञ्चालन गरेका हुन् । 

पूर्वपश्चिम राजमार्गको दलदले बजारबाट २२ किमी उत्तरमा रहेको बुलिङ्टार-४ मा पर्ने होमस्टेमा यहाँको रैथाने खाना, मगर कलासंस्कृति र मनोरम दृश्य अवलोकनका कारण आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्य बन्दै गएको घरबासका सचिव हेमलाल बरालले बताए । 

स्थापना गरिएको केही वर्ष खासै चर्चामा आउन नसकेको भए पनि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्दै गएपछि सामुदायिकरुपमा घरबास सञ्चालन गर्दै आएका स्थानीय खुसी भएका छन् । 

चुली बोझामा अहिले १३ घरमा घरबास सञ्चालन हुँदै आएको  छ । दैनिक ५० देखि ६० जनासम्म पर्यटकलाई सेवा दिन सकिने गरी घरबास व्यवस्थापन गरिएको सचिव बरालले जानकारी दिए। 

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  १ : ४० बजे

बुद्धएयरको नेपालगञ्ज पोखरा उडान स्थगन

नेपालगञ्ज–  करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्धएयरको नेपालगञ्ज पोखरा–सिधा

ट्रम्पलाई झट्का : रिपब्लिकन सांसदकै साथ मिलेपछि सिनेटमा बढ्यो इरान युद्ध रोक्ने प्रस्ताव

वाशिङ्गटन- राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राजनीतिक झट्का दिँदै अमेरिकी सिनेटले मंगलबार

मगर संघको १३औँ राष्ट्रिय महाधिवेशन ८ गतेदेखि  हुने

काठमाडौं– नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन यही जेठ

आर्सनलले ८ हजार ६० दिनपछि टार्‍यो प्रिमियर लिग उपाधिको खडेरी, गनर्समा आर्टेटा युगको सुरूवात

लन्डन- आर्सनलले अन्ततः रिसेट बटन थिचेर घडीलाई शून्यमा फर्काउन पाएको

तिलगंगा बस्ती हटाइएपछि पशुपतिमा धर्ना

काठमाडौं– तिलगंगा क्षेत्रको बस्ती हटाइएसँगै सो बस्तीमा बसोबास गर्ने बासिन्दाहरू आज