तनहुँमा ‘एक घर, दश कफीका बिरुवा’ अभियान « Khabarhub

तनहुँमा ‘एक घर, दश कफीका बिरुवा’ अभियान


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका-१० ले ‘एक घर, दश कफीको बिरुवा’ रोप्ने अभियान सञ्चालन गर्न लागेको छ । आगामी आर्थिक वर्ष २०८१- ८२ को नीति तथा कार्यक्रम तर्जुमा गर्दै वडाले व्यावसायिक कफी उत्पादनलाई अभियानकै रुपमा अगाडि बढाउन लागेको हो  । 

एक हजार एक सय ५५ घरधुरी रहेको यस वडामा यस आर्थिक वर्षमा मात्रै १० हजार कफीको बिरुवा वितरण गर्न लागिएको हो । युवासँग उपप्रमुख कार्यक्रम अन्तर्गत व्यावसायिक खेती उत्पादन कार्यक्रमबाट यस वडालाई कफीको पकेट वडाको रुपमा विकास गर्न लागिएको वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले जानकारी दिए। 

स्थानीय बजारदेखि अन्तर्राष्ट्रिय बजारसम्म नेपाली कफीको अत्यधिक माग भएको र बाँदरलगायत वन्यजन्तुबाट कम क्षति हुने नगदे बाली भएको हुँदा स्थानीय किसान व्यावसायिक रुपमा कफी खेती गर्न इच्छुक देखिएको उनको भनाइ छ । उनका अनुसार कफीको बिरुवा ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गरिनेछ । किसानलाई प्रविधि विस्तार र बजारीकरणको जिम्मा कृष्मी बहुउद्देश्यीय सहकारी संस्थासँग समन्वय गरिने उनले बताए । 

शुक्लागण्डकी नगरपालिकाको युवासँग उपप्रमुख कार्यक्रम र कृषी बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा यस अघि व्यावसायिक अदुवा खेती अभियान सञ्चालन गरिएको थियो ।

बढ्दो बसाइँसराइले गाउँ खाली हुँदै गएको, उर्वर खेतीयोग्य जमिन बाँझो हुँदै गएको अवस्थामा कफी खेतीबाट बाँझो जमिनको सदुपयोग हुनका साथै किसानको आयआर्जनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  २ : २२ बजे

काठमाडौँमा नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता, मन्त्री पोखरेलले भने, ‘यमबुद्ध पार्क सोचेजस्तै बनेछ’

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं महानगरपालिकामा हुँदा आफूहरूले

बागमती मन्त्रिपरिषद् बैठक : मानव उद्धार पुनः स्थापन कार्यविधि स्वीकृत

मकवानपुर– बागमती प्रदेश सरकारले सडक आश्रित सहयोगी अपेक्षित मानव उद्धार

रास्वपा महाधिवेशन : यी हुन् पदाधिकारीका आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा

फोहोर व्यवस्थापनमा काठमाडौं महानगरले ‘पोलुटर्स पे प्रिन्सिपल’ लागू गर्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनलाई दिगो, व्यवस्थित र आधुनिक बनाउन

आँखुखोला जलविद्युत कम्पनीको १७औँ र १८औँ संयुक्त वार्षिक साधरणसभा सम्पन्न

काठमाडौं– आँखुखोला जलविद्युत कम्पनीले आफ्नो १७औँ र १८औँ संयुक्त वार्षिक