प्रदीप पौडेलको टिप्पणी- छानबिन हुँदा गृहमन्त्री पदमै रहनु नाङ्गो भइसकेपछि कपडा लगाए जस्तै हाे « Khabarhub

प्रदीप पौडेलको टिप्पणी- छानबिन हुँदा गृहमन्त्री पदमै रहनु नाङ्गो भइसकेपछि कपडा लगाए जस्तै हाे


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि गृहमन्त्री रवि लामिछानेले पदमा रहनु नाङ्गो भइसकेपछि  कपडा लगाएको ठान्नु भएको टिप्पणी  गरेका छन् । 

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले उपप्रधान तथा गृहमन्त्री लामिछानेप्रति लक्षित गर्दै संसदीय छानबिन समिति गठन भएपछि नैतिकताको बोध नगरेको आरोप लगाएका हुन् ।

उनले सहकारी विषयमा छानबिन समिति बनिसकेपछि पनि उपप्रधान एवं गृहमन्त्रीकै पदमा रही रहनु नाङ्गो भइसकेपछि पनि आफूलाई कपडा लगाएको ठान्नु’ रहेको टिप्पणी गरे ।

उनले भने- ‘राजनीतिमा नैतिकता व्यक्तिसँग निर्भर गर्ने कुरा हो । कोही व्यक्ति नाङ्गो छ र पनि कपडा लगाएको ठान्छ भने त्यसमा हाम्रो केही लाग्दैन । त्यसैले संसद्ले छानबिन समिति गठन गर्‍यो । त्यसपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा एउटा गम्भीर विषय हो । प्रतिगामी विषय हो । जसलाई छानबिन भइरहेको छ, त्यो व्यक्तिले नै सत्ता चलाउने त्यो खालको परिस्थितिलाई नेपाली कांग्रेसले अन्त्य गरेर छोड्छ ।’

उनले नेपाली कांग्रेसले संसद्‍मा सहकारीको मुद्दा नउठाएको भए ७३ लाख जनता जोडिएको मुद्दालाई निर्णायक मोडमा पुर्‍याउन नसकिने स्थिति रहेको बताए ।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  २ : ३२ बजे

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता

हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ

सुनसरी– हुण्डी कारोबारमार्फत एक अर्ब ५७ करोडभन्दा बढी रकमको कारोबार

तीस अर्बको एकमहिने निक्षेप संकलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्बको एकमहिने

आजदेखि हलमा तीन नेपाली फिल्म : झिंगेदाउ-२, कार्की साइँला र माया बस्छ कि के हो !

काठमाडौं– आजबाट हलमा तीन नयाँ फिल्म थपिएका छन् ।  ज्ञानेन्द्र

जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको भित्री भागका सडक सरसफाइ सुरु गरिएको