वैदेशिक रोजगार व्यवसायीका समस्या समाधानका लागि पहल गर्छौँ : सभापति देउवा « Khabarhub

वैदेशिक रोजगार व्यवसायीका समस्या समाधानका लागि पहल गर्छौँ : सभापति देउवा


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न कांग्रेसले पहल गर्ने बताएका छन् ।

पार्टी निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको नवनिर्वाचित कार्यसमितिसँग आज भएको भेटमा उनले वैदेशिक रोजगार व्यवसायीले भोग्नुपरेका समस्या समाधानका लागि कांग्रेसले पहल गर्ने बताएका हुन् । सभापति देउवाले समस्याबारे पार्टीले संसद्मा समेत कुरा उठाउने प्रतिवद्धता व्यक्त गरे। 

एशोसिएसनका अध्यक्ष दीपक थापाले एउटा म्यानपावर कम्पनीले वार्षिक एक सय श्रमिकलाई अनिवार्यरूपमा विदेश पठाउनुपर्ने सरकारको नीतिले समस्या भएको गुनासो गर्दै नीति पुनरावलोकनका लागि पहल गर्न सभापतिसमक्ष आग्रह गरे। उनले म्यानपावर कम्पनीले बैँक तथा वित्तीय संस्थामा राखेको धरौटी रकम धेरै भएकाले त्यसमा समेत पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याए । 

भेटमा पार्टी उपसभापति पूर्णबहादुर खड्का, पार्टीको वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागका प्रमुख प्रकाश रसाइली स्नेही, कांग्रेस केन्द्रीय सदस्य सीता देवकोटा, कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव एवं राष्ट्रियसभा सांसद कृष्णप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो ।

यसअघि बिहीबार वैदेशिक रोजगार व्यवसायी सङ्घ र विभिन्न पार्टीनिकट व्यवसायी सङ्घसंस्थाले श्रम तथा रोजगारमन्त्री डिपी अर्याललाई भेटेर वैदेशिक रोजगार व्यवसायका क्षेत्रमा देखिएका समस्या र समाधानबारे अवगत गराएका थिए ।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ७ : १८ बजे

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न