कांग्रेस सबैको साझा पार्टीः सहमहामन्त्री परियार « Khabarhub

कांग्रेस सबैको साझा पार्टीः सहमहामन्त्री परियार


२६ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लमजुङ – नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले कांग्रेस मात्रै सबैको साझा पार्टी भएको बताएका छन्।

आज लमजुङका कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा परियारले कांग्रेस विरासत बोकेको पार्टी भएको उल्लेख गर्दै कार्यकर्तालाई जनताको भावना बुझेर काम गर्न निर्देशन समेत दिए ।

उनले नेपाली कांग्रेसको वर्तमान अवस्था र भावी रणनीतिक कार्यदिशा विषयमा प्रशिक्षण दिएका थिए। उनले महिला, दलित, अल्पसङ्ख्यक र पिछडिएका वर्गलाई कांग्रेसले २००६ सालदेखि नै पार्टीका विभिन्न समितिमा प्रतिनिधित्व गराउँदै आएको उल्लेख गर्दै कांग्रेस सबैको साझा पार्टी भएको बताए ।

उनले कार्यकर्ताहरु नियमित रुपमा जिल्ला, नगर र वडा समितिको बैठक बसी गतिविधिको समीक्षा गर्न सुझाव दिए ।

नेपाली कांग्रेस सुन्दरबजार नगरपालिकाको आयोजनामा भएको प्रशिक्षणमा जिल्ला कार्यसमिति प्रशिक्षण शाखाको प्राविधिक सहयोग रहेको थियो ।

सो अवसरमा सहमहामन्त्री परियारसँगै गण्डकी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद लामिछाने, जिल्ला उपसभापति तथा प्रशिक्षण शाखा प्रमुख आनन्द घिमिरे र कार्यकर्ताको सहभागिता थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  ८ : ३२ बजे

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै