टी–२० विश्वकप : दक्षिण अफ्रिकाको लगातार दोस्रो जित « Khabarhub

टी–२० विश्वकप : दक्षिण अफ्रिकाको लगातार दोस्रो जित


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा नेदरल्याण्ड्सलाई चार विकेटले हराउँदै दक्षिण अफ्रिकाले लगातार दोस्रो जित निकालेको हो । नेदरल्याण्ड्सले दिएको १०४ रनको लक्ष्य दक्षिण अफ्रिकाले सात बल बाँकी छँदै ६ विकेटको क्षतिमा भेट्टायो ।

दक्षिण अफ्रिकाको जितमा डेबिट मिलरले अर्धशतक प्रहार गरे । ५१ बलको सामना गरेका मिलरले तीन चौका र चार छक्काको मदतमा ५९ रन बनाए ।

त्यस्तै ट्रिस्टन स्टब्सले ३३ रन बनाए । ३७ बलमा खेलेका उनले एक चौका र एक छक्का प्रहा गरे । दक्षिण अफ्रिकाका अन्य ब्याट्सम्यानले दोहोर अंकमा रन बनाउन सकेनन् ।

नेदरल्याण्ड्सका लागि भिभियन किङ्माले दुई विकेट लिए । चार ओभर बलिङ गरेका उनले मात्र १२ रन खर्चिए । त्यस्तै लोगान भ्यान बेकले पनि दुई विकेट लिए । बास डे लीडेको नाममा एक विकेट रह्यो ।

त्यसअघि न्यूयोर्कस्थित नसाउ काउन्टी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा १०३ रन बनाएको थियो ।

नेदरल्याण्ड्सका लागि साइब्रान्ड इन्जेलबेच्टले सर्वाधिक ४० रन बनाए । ४५ बलको सामना गरेका उनले दुई चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै विक्रमजीत सिंहले १२, कप्तान स्कट एडवर्ड्सले १०, बास डे लीडेले ६ बनाए । लोगान भ्यान बेकले २३ रन बनाउदा माइकल लेविट र तेजा निदामनुरु शुन्य रनमा आउट भए ।

दक्षिण अफ्रिकाका लागि एन्रिच नोर्ते, बार्टम्यान र मार्को जेन्सेनले दुई/दुई विकेट लिए ।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ११ : ४४ बजे

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशका

न्युरोड टिमले संकटा क्लब पराजित

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा न्युरोड टिम (एनआरटी) ले

साताको कार्टुन : बालेन्द्रको चुनावी सक्रियता

काठमाडौं- फागुन २१ गते तोकिएको चुनावको तयारी तीव्र भइरहेको छ

प्रचण्डलाई विप्लवको जवाफ : चुनावी सहकार्यसमेत नगर्नेसँग एकता हुन सक्दैन

काठमाडौं- नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली

थाइल्यान्डमा सैन्य विमान दुर्घटना हुदाँ दुई पाइलटको मृत्यु

बैंकक– उत्तरी थाइल्यान्डको चियाङ माई प्रान्तमा सैन्य प्रशिक्षण अभियानको क्रममा