टी–२० विश्वकप : दक्षिण अफ्रिकाको लगातार दोस्रो जित « Khabarhub

टी–२० विश्वकप : दक्षिण अफ्रिकाको लगातार दोस्रो जित


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा नेदरल्याण्ड्सलाई चार विकेटले हराउँदै दक्षिण अफ्रिकाले लगातार दोस्रो जित निकालेको हो । नेदरल्याण्ड्सले दिएको १०४ रनको लक्ष्य दक्षिण अफ्रिकाले सात बल बाँकी छँदै ६ विकेटको क्षतिमा भेट्टायो ।

दक्षिण अफ्रिकाको जितमा डेबिट मिलरले अर्धशतक प्रहार गरे । ५१ बलको सामना गरेका मिलरले तीन चौका र चार छक्काको मदतमा ५९ रन बनाए ।

त्यस्तै ट्रिस्टन स्टब्सले ३३ रन बनाए । ३७ बलमा खेलेका उनले एक चौका र एक छक्का प्रहा गरे । दक्षिण अफ्रिकाका अन्य ब्याट्सम्यानले दोहोर अंकमा रन बनाउन सकेनन् ।

नेदरल्याण्ड्सका लागि भिभियन किङ्माले दुई विकेट लिए । चार ओभर बलिङ गरेका उनले मात्र १२ रन खर्चिए । त्यस्तै लोगान भ्यान बेकले पनि दुई विकेट लिए । बास डे लीडेको नाममा एक विकेट रह्यो ।

त्यसअघि न्यूयोर्कस्थित नसाउ काउन्टी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा १०३ रन बनाएको थियो ।

नेदरल्याण्ड्सका लागि साइब्रान्ड इन्जेलबेच्टले सर्वाधिक ४० रन बनाए । ४५ बलको सामना गरेका उनले दुई चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै विक्रमजीत सिंहले १२, कप्तान स्कट एडवर्ड्सले १०, बास डे लीडेले ६ बनाए । लोगान भ्यान बेकले २३ रन बनाउदा माइकल लेविट र तेजा निदामनुरु शुन्य रनमा आउट भए ।

दक्षिण अफ्रिकाका लागि एन्रिच नोर्ते, बार्टम्यान र मार्को जेन्सेनले दुई/दुई विकेट लिए ।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ११ : ४४ बजे

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता