आज २०८१ साल असार २४ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल असार २४ गते सोमबारको राशिफल


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार २४ गते सोमबार तदनुसार सन् २०२४ जुलाई ८ तारिख। असार शुक्ल पक्षको तृतीया तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : नयाँ लुगा लगाउने अवसर मिल्नेछ। परिवारको साथमा बसेर मिठो कुरा खाने अवसर प्राप्त हुनेछ। साथीको साथ मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट नाफा हुने योग छ। परिवारलाई सही सुझाव दिन नसक्दा पीडा हुनेछ।

वृष : समय राम्रो छ। बोलीको प्रभाव रहनेछ। परोपकारमा मन जानेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। राजनीतिमा झन्झट आइपर्ने देखिन्छ। परिवारको तर्फबाट रचनात्मक सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : राजनीतिमा अधिकार प्राप्त गर्ने अवसर मिल्नेछ। धेरैले प्रशंसा गर्नेछन्। रोकिएका काम बन्नेछन्। मनमा उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : साना काममा समय बित्नेछ। तपाईंले बनाएको योजनाबाट अरुले फाइदा लिनेछन्। गुरुको साथ र सहयोग लिनाले राजनीतिमा सेवाको अवसर प्राप्त हुनेछ। परिवारमा बौद्धिक टकराब हुने देखिन्छ। व्यवहार गर्दा सचेत बन्नु राम्रो हुन्छ।

सिंह : आस्थामा ठेस पुग्नेछ। अप्रिय समाचार सुन्नुपर्ने हुनसक्छ। मन अशान्त हुनेछ। वचन पूरा गर्न नसक्दा साथीसँगको सम्बन्ध बिग्रनेछ। आफूभन्दा ठुलाको सुझाव अनुसार काम गरेमा दिन सहज बन्नेछ।

कन्या : रमाइलो यात्राको योग छ। मनमा हर्ष र उमंग बढ्नेछ। लगानीबाट नाम, दाम र इनाम समेत कमाउने योग छ। शिक्षामा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

तुला : बौद्धिक प्रतिस्पर्धामा सफल हुने दिन छ। लामो समयदेखि रोकिएका काम बन्नेछन्। सामाजिक सेवाको अवसर मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लागनीबाट नाफा हुनेछ। परिवारलाई समय दिन नसक्दा समस्या हुनसक्छ।

वृश्चिक : नयाँ काम सफल बन्नेछ। न्यायीक कार्यमा सफलता मिल्नेछ। प्रेमिकाको सल्लाहले उत्साह मिल्नेछ। कार्य सफल बन्नेछ। राजनीतिक क्षेत्रमा तनाव बढ्नेछ। पुराना साथीसँग सचेत बन्नु राम्रो हुन्छ।

धनु : कार्यक्षमतामा प्रश्न उठ्नसक्छ। लगानी गरेको भए वैदेशिक क्षेत्रबाट प्रगति हुनेछ। श्रम लगानीको आडमा अरुले फाइदा लिने खतरा छ। विदेशतर्फको आकर्षणले मन तान्नेछ। परिवारसँगको रमझममा दिन बित्नेछ।

मकर : काम सम्पन्न गर्न चलाख बन्नुपर्नेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। थोरै बोलेर जित्ने दिन छ। पैतृक सम्पत्तिबाट लाभ हुनेछ। परिवारमा तपाईंको इच्छाविपरीतका कामले दुःखी बनाउने छ।

कुम्भ : लुकेको प्रतिभा सार्वजनिक हुनेछ। व्यवसायिक क्षेत्रमा सफलता मिल्नेछ। तपाईंको प्रयास सफल बन्नेछ। राजनीतिमा घेराबन्दीमा पारेर रमाउने समूह सक्रिय छ। सामाजिक सेवामा अवरोध हुने भएकाले परिवारको साथ लिएर अगाडि बढ्नु उचित हुन्छ।

मीन : ठुलो अवसर प्राप्त हुनेछ। नयाँ कुराको खोजीले उपलब्धि हात लाग्नेछ। ठुला व्यक्तिसँग लफडा हुने भएकाले सोचेर मात्र बोल्नु राम्रो हुन्छ। कुरा काट्ने समूह सक्रिय भएकाले सोचेर बोल्नु राम्रो हुनेछ। परिवारको भने साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ५ : १४ बजे

मौसम परिवर्तनसँगै बिरामी बढे : सावधानी अपनाउन चिकित्सकको आग्रह

काठमाडौं – काठमाडौं उपत्यका लगायत देशभर भाइरल ज्वरो र रुघाखोकीका

बालेनको ‘वाचापत्र’ सार्वजनिक, भ्रष्टाचारविरुद्ध उभिने सङ्कल्प: यी हुन् प्रमुख बुँदा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले

इरानमाथि ठूलो हमला गर्ने मुडमा ट्रम्प, एक सातासम्म लम्बिन सक्छ युद्ध

काठमाडौं– अमेरिकाले मध्यपूर्वमा तीव्र गतिमा सेना, सैन्य उपकरण र हातहतियार

कास्कीमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण

कास्की– आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा

विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ मा आज वेस्ट