प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन पेस गरिने « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन पेस गरिने


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन २०७९–८०’ पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

यसैगरी, प्रधानमन्त्री दाहालले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि सदनमा पुनर्विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ६ : ४१ बजे

केपी ओलीतिर लक्षित गर्दै रविले भने : अपदस्थ भएकाहरूलाई गाली गरेर अब समय बर्बाद नगरौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब पुराना दल

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

कैलाली– लम्कीचुहा नगरपालिका-१ लम्की चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

एमालेको सचिवालय बैठक मंगलबार बस्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मंगलबार केन्द्रीय सचिवालयको बैठक बोलाएको

अण्डाको मूल्य घट्यो

चितवन– क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक