मृत्युदर न्यून गर्न स्वास्थ्यकर्मीलाई तालिम | Khabarhub Khabarhub

मृत्युदर न्यून गर्न स्वास्थ्यकर्मीलाई तालिम


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बाँके– स्वास्थ्य संस्थामा मृत्युदर न्यून गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ‘आकस्मिक आधारभूत स्वास्थ्य सेवा’ सम्बन्धी तालिम प्रदान गरिएको छ ।

प्रभावकारी स्वास्थ्य सेवा व्यवस्थापन गरी स्वास्थ्य संस्थामा मृत्युदर घटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत १२ जिल्लाका २४ जना अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई पाँचदिने तालिम प्रदान गरेको हो ।

नेपालगञ्जमा हालै आयोजित तालिममा अस्पतालमा आकस्मिक सेवा कसरी व्यवस्थापन गर्ने, बिरामी आउनेबित्तिकै रोग तथा समस्याको पहिचान तथा निदान कसरी गर्ने, तत्कालको उपचार कसरी गर्ने, महामारी तथा विपद्को समयमा जटिल किसिमका आउने बिरामीको पहिलो उपचार कसरी गर्ने र आकस्मिक एकाइको व्यवस्थापनलगायतका बारेमा क्षमता अभिवृद्धि गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

उनका अनुसार यस क्षेत्रमा रहेका अस्पतालमा सबभन्दा पहिले आकस्मिक सेवामा आउने बिरामीको निदान तथा उपचार विधि र हेरचाह गर्नेबारेमा त्यहाँ रहेका चिकित्सक र स्वास्थ्यकर्मीको भूमिकालाई प्रभावकारी बनाउन तालिम दिइएको हो ।

अस्पताल तथा स्वास्थ्य संस्थाका आकस्मिक कक्षमा आउने जटिल समस्याका बिरामीको मृत्युदर उच्च रहेको बताइएको छ ।

मन्त्रालयले विगत तीन वर्षदेखि यो तालिम प्रदान गर्दै आएको छ । अहिलेसम्म आठ सय ११ जनालाई तालिम प्रदान गरिसकिएको मन्त्रालयले जनाएको छ ।

तालिमपश्चात् आफ्नो अनुभव सुनाउँदै डोल्पा अस्पतालका डा. आकर्षण तिमिल्सिनाले आकस्मिक आधारभूत स्वास्थ्य सेवा व्यवस्थापनमा ज्ञानको दायरा बढाएको जानकारी दिए ।

यसपटक २४ जनालाई तालिम प्रदान गरिएको छ । तालिमका लागि विश्व स्वास्थ्य संगठन, अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (युएसएआईडी) लगायतले आर्थिक एवं प्राविधिक सहयोग गरेका थिए ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ११ : ४१ बजे

प्रसूति गृहमा मनोस्वास्थ्य ओपिडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु

काठमाडौं– परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा दुई नयाँ सेवा सुरु

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

तनहुँ–  जबरजस्ती करणी गरेको आरोपमा तनहुँ र ओखलढुङ्गाबाट दुई जना

बाढीको दश दिनपछि प्रभावित क्षेत्र अनुगमनमा निस्किए गृहमन्त्री

काठमाडौं- असोज ११ र १२ गतेको बाढीबाट भएको ठूलो क्षति

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंकको दुई करोड

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैंक लिमिटेडबाट प्रधानमन्त्री दैवी

भारतीय सेनाका मेजर जनरल सिंह ६ दिने भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं- भारतीय सेनाका मेजर जनरल तथा थ्री गोर्खा राइफल्सका ‘कर्णेल